घिरिङमा पारिवारिक स्वास्थ्य प्रोफाइल निर्माण हुने

Devghat Online

शेयर गरौ

अन्जान परियार,
घिरिङ, मंसिर ११

घिरिङ गाउँपालिकाले पारिवारिक स्वास्थ्य प्रोफाइल निर्माण गर्ने भएको छ । उक्त प्रोफाईल निर्माणकोलागि तथ्यांक संकलन कार्यक्रम सोमबार शुभारम्भ भएको छ । वडा नम्बर ५ को हटियामा एक कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष होम बहादुर थापाले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशको मोबाइल एपबाट डाटा संकलन गरि शुभारम्भ गरेका हुन् ।

सो कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष थापाले घिरिङ गाउँपालिकाले दिर्घरोगी र अति बिपन्न बिरामिहरुको मलम बन्ने प्रतिबद्धता गरेका थिए । गाउँपालिका भित्र कति नागरिक कस्तो स्वास्थ्य समस्यामा छन भन्ने विवरण संकलन गरि स्वास्थ्य नीति बनाउन तथा बिरामीहरुको थप उपचारको लागि सम्बन्धित स्वास्थ्य संस्थामा सिफारिस गर्ने उदेश्यले प्रोफाईल निर्माण गर्न लागिएको हो ।

गाउँपालिकाको सबै वडामा स्वास्थ्य सम्बन्धी बिबरण संकलन गर्न सोमबारबाट नै स्वास्थ्यकर्मी नागरिकको घर–घरमा जान सुरु गरेका छन् । मंसिर मसान्त भित्र सबै घर परिवारको तथ्यांक संकलन गरिसक्ने घिरिङ स्वास्थ्य शाखा प्रमुख कृष्ण रिमालले बताए ।

गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद पोखरेलको अध्यक्षता सम्पन्न तथ्यांक संकलन शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष होम बहादुर थापा, वडा नम्बर ५ का अध्यक्ष बिष्णुविर आले लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय