महायज्ञ तथा मकर स्नान महोत्सव सफल पार्न देवघाटमा बैठक

Devghat Online

शेयर गरौ

देवघाट, पुस १

चितवनको भरतपुर मनपा-१ देवघाटस्थित श्री सीताराम संस्कृत माध्यमिक विद्यालयमा अक्षयकोष स्थापनार्थ आगामी पुस २७ गतेदेखी आयोजना गर्न लागिएको श्रीमद भागवत अखण्डपाठ पारायण कथा वाचन एवं पितृ उद्दारात्मक महायज्ञ सम्पादन एवं मकर स्नान महोत्सव २०८० सफल पार्न आईतवार गलेश्वर आश्रम देवघाटमा बृहद छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।

छलफलमा विद्यालयका व्यवस्थापन समिति , पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं पदाधिकारी प्र अ लगायत अन्य शिक्षक कर्मचारी, पुर्व प्र अ पुर्व शिक्षक, पुर्व विद्यार्थी तथा तनहुँ र चितवन तर्फका विभिन्न संस्कृत गुरुकुलका प्राचार्य, अग्रज समाज सेवी, बुद्धिजीवी तथा अन्य सामुदायिक विद्यालयका व्यवस्थापन समिति प्रमुख, पदाधिकारी, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी तथा अन्य विभिन्न संघ संस्थाका प्रमुख तथा पदाधिकारीहरु एवं संचारकर्मी हरुको सहभागिता रहेकोे थियो ।

मकर स्नान मेला २०८० का संयोजक हरि प्रसाद आचार्य को अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिह गुरुङले महायज्ञ सफल पार्न सबै क्षेत्र लाग्नुपर्ने बताए ।

सो कार्यक्रममा बृहद छलफल गरि मकर स्नान महोत्सव सफल पार्न विभिन्न निर्णय गर्दै उपसमितिहरु समेत गठन गरिएको छ । गठित उपसमिति र संयोजकहरुमा स्टेरिङ कमिटी संयोजकका पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर भारती, आर्थिक संकलन स्रोत एवं व्यवस्थापन उपसमितिको संयोजकमा उद्योग वाणिज्य संघ देवघाटका अध्यक्ष रोशन श्रेष्ठ, पुस २७ गते हुने कलश यात्राको संयोजकमा मिट्ठु देवी पौडेल, मातृ शक्ति परिचालन उपसमितिको संयोजकमा दिलमाया सापकोटा रहेका छन् ।
साथै बैठकमा उपस्थित हुने सबै व्यक्तित्वहरुलाई समावेश गरि मूल समिति गठन गर्ने निर्णय समेत भएको छ ।

सो कार्यक्रमको संचालन एवं सहजीकरण विद्यालयका सहायक प्रअ अर्जुन पाण्डेयले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिन जोशीको रिहाइका लागि आग्रह

काठमाडौं । फागुन २८ प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग