समाजसेवी शाहीले ५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

Devghat Online

शेयर गरौ

दमौली, पुस ३

व्यास नगरपालिका वडा नम्बर २ घर भई हाल बेलायतमा बसोबास गर्दै आएका व्यवसायी एवम् समाजसेवी रजनजंग शाहीले व्यास नगरपालिकाभित्रका विभिन्न ५ विद्यालयका ५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएका छन् । आफ्नो नाममा अक्षयकोष स्थापना गरि ती विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने तयारी गरेको शाहीले बताए ।

व्यास १ दमौली स्थित निर्मल मावि, २ स्थित सत्यवती मावि, ५ स्थित पराशर मावि, १० स्थित चण्डीदेवि राष्ट्रिय मावि र १२ स्थित अमरज्योति मावि बेलभञ्ज्याङका एक÷एक जना विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने शाहीले बताए । विद्यालयले गरेको मुल्यांकनका आधारमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई निमावि अध्ययन देखि एसइइ उत्तीर्ण हुदासम्म सहयोग गर्ने बताइएको छ । उनले यस सम्बन्धमा सम्बन्धित विद्यालयलाई जानकारी गराइसकेका छन् । विद्यालयबाट विद्यार्थीको विवरण प्राप्त भएपछी यही वर्षदेखि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ ।

अक्षयकोष स्थापनाको प्रारम्भमा यस वर्ष ती विद्यार्थीलाई छात्रवृत्ति वापत नगद सहयोग गर्ने र अर्काे वर्षदेखि अक्षयकोषको व्याजबाट छात्रवृत्ति प्रदान गर्ने आफ्नो योजना रहेको शाहीले बताए । बिगत केही वर्षदेखि सामाजिक काममा सक्रिय रहदै आएका शाहीले शैक्षिक क्षेत्रमा सहयोग गर्ने सोचका साथ ५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बोलवम मेलामा आएका भक्तजनलाई देवघाटधाम जेसीजद्वारा निःशुल्क पानी र मही वितरण

देवघाट, साउन ७ देवघाटधाममा सुरु भएको बोलवम मेलामा आएका भक्तजनलाई देवघाटधाम जेसीजले निशुल्क पानी तथा

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं, साउन ७ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न