नेफ्स्कून अध्यक्षमा परितोष पौड्यालको उम्मेदवारी घोषणा

Devghat Online

शेयर गरौ

काठमाडौं, पुस ३

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को अध्यक्षमा परितोष पौड्याल पुनः उम्मेदवार बन्ने भएका छन् । मंगलबार काठमाडौंको हार्दिक होटलमा एक कार्यक्रमको बीच पौड्यालको उम्मेदवारी घोषणा गरिएको हो । यही पौष ७ र ८ गते नेफ्स्कूनको निर्वाचन सहितको ३२औं साधारण सभा हुँदैछ ।

उक्त साधारण सभामा एमाले निकट सहकारीकर्मीहरुको तर्फबाट अध्यक्षमा पौड्यालको उम्मेदवारी रहने बताईएको छ । उम्मेदवारी घोषणा कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, निवर्तमान अध्यक्ष केशव बडाल, वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, उपाध्यक्ष रमेश पोखरेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेकपा एमाले सहकारी तथा गरिबी निवारण विभाग प्रमुख खगराज अधिकारी, पूर्व प्रमुख कमल चौलागाई लगायत सहकारी अभियन्ताहरुको उपस्थिती रहेको थियो ।

अन्य पदमा भने केही दिनमा उम्मेदवारी घोषणा गर्ने तयारी गरिएको छ । मिल्न सकिने जति सबैसँग मिलेर जाने रणनीतिमा एमाले निकट सहकारीकर्मीहरु छन् । सोही कारण हाललाई अन्य पदमा उम्मेदवारी घोषणा नगरिएको बुझिएको छ ।

नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी र अन्यलाई पनि मिलाए लैजाने रणनीतिमा एमाले छ।

यता, कांग्रेस निकट मानिने सहकारीकर्मी चन्द्रप्रसाद ढकालले पनि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक