स्वादिष्ट खाना र आरामदायी बासको गन्तव्य बन्दै मानुङकोट रिर्साेट

Devghat Online

शेयर गरौ

दमौली, पुस ४

पृथ्वीरामार्जको व्यास नपा–५ को सिर्दीमा हालै सन्चालनमा आएको मानुङकोट रिर्साेट पछिल्लो समय स्वादिष्ट खाना र आरादायी बासको आकर्षक गन्तव्य बन्दै गएको छ । गत असोज महिनाबाट सन्चालनमा आएको उक्त रिर्साेट पछिल्ला दिनमा तनहुँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मात्र नभई राजमार्गमा यात्रा गर्ने यात्रुहरुको पनि रोजाई बन्दै गएको छ ।

गुणस्तरमा कुनै सम्झौता नगरिकन सेवा दिने भएको कारणले रिर्साेट पछिल्लो दिनमा पाहुनाको गन्तव्य बन्दै गएको रिर्साेटका सन्चालक तुल्सीराम पाण्डेले बताए । पाण्डेले एक दशक अघि देखी व्यास नपा १ को तालघरेमा लुम्बिनी थकाली भान्छाघर सन्चालन गर्दै आएका छन् । लुम्बिनी थकाली भान्छा घर सन्चालनको अनुभवलाई थप परिस्कृत गर्दै पाण्डे वडा नम्बर ५ को सिर्दीमा सुविधा सम्पन्न मानुङकोट रिर्साेट सन्चालनमा ल्याएका हुन् । त्यबाहेक व्यास नपा ३ दमौलीमा लुम्बिनी कम्प्युटर पनि सन्चालन गरिरहेका छन् ।

विगतको अनुभवले अहिले थप परिस्कृतरुपमा रिर्साेट सन्चालन गर्न प्रेरणा दिएको पाण्डेले बताए । पृथ्वीराजमार्गमा आबुँखैरेनी कटेपछि गुणस्तरीय स्वादिष्ट थकाली खाना खाने भान्छा घर नभएको हुँदा पृथ्वीरामार्गमा यात्रा गर्ने यात्रुहरुलाई लक्षित गरि उक्त रिर्साेट सन्चालन गरेको पाण्डेले बताए ।

सन्चालनको छोटो समयमै रिर्साेट स्वदेशी मात्र नभएर बाह्य पर्यटकको पनि रोजाईमा पर्न थालेको उनले बताए । पाहुनाको रोजाईमा रिर्साेट पर्नुको मुख्य कारण भनेको आफ्नै कृषि फार्ममा उत्पादित अर्गानिक उपभोग्य बस्तु नै हो । माछा, कालिज, हाँस, कुखुरा तथा खसी बोकाको मासु, साग, गुन्द्रुक, मुला, काउली लगायतका तरकारीहरु आफ्नै कृषि फर्ममा उत्पादन गरिएको मात्र प्रयोग गरिने पाण्डेले बताए । माछा, मासु र तरकारी उत्पादनकोलागि रिर्साेटसँगै जोडिएको करिब १४ रोपनी जग्गामा कृषि फार्म सन्चालन गरिएको पाण्डेले जानकारी दिए । रिर्साेट सन्चालन गर्ने उद्देश्यले पाण्डले सिर्दिमा १४ रोपनी जग्गा खरिद गरेका थिए । सोही जग्गामा रिर्साेट र कृषि फार्म छ ।

रिर्साेटको बरन्डाबाट हिमालका सुन्दर दृश्य देख्न पाउनु पनि अर्काे महत्वपुर्ण विशेषता हो । त्यसबाहेक खानामा फापर तथा कोदोको ढिडोँ र सुविधा सम्पन्न सभाहल पनि रिर्साेटको विशेषता हो । रिर्सोटमा प्रत्येक कोठामा एसिको सुविधा, प्रत्येक कोठाबाट बाहिरको मनोरम दृश्यहरु देख्न सक्ने गरि आर्कषक बरण्डा र सभा, गोष्ठि, सेमिनार तथा पार्टीको लागि सुविधासम्पन्न हलको व्यवस्था पनि रहेको छ ।

पोखरा घुमेर फर्किएका केही भारतीय पर्यटक सोमबार विहान खाना खान मानुङकोट रिर्साेटमा पसेका थिए । उनीहरुसँग रिर्साेटको गुणस्तरको बारेमा जानकारी लिँदा रिर्साेटको सेवा र खानेकुरा निकै राम्रो लागेको बताए । दमौली बजारको नजिक मानुगं (मानहुँ) डाँडाको फेदीमा सन्चालनमा आएको उक्त सुविधा सम्पन्न रिर्सोटले दमौली एरियामा स्तरिय होटलहरुको अभावलाई पुर्ति गर्ने विश्वास पाण्डेले व्यक्त गरे । ग्राहकको सन्तुष्टि नै आफ्नो मुख्य उद्देश्य भएको हुँदा ग्राहकको सुझाव र सल्लाहा अनुसार सेवालाई थप परिस्कृत र विस्तार गर्दै लैजाने पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरमा युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

बन्दीपुर, माघ ७ युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण तथा अभिमुखीकरण कार्यक्रम तनहुँको बन्दीपुरमा आइतबार सम्पन्न