अबैध लागू औषध सहित एक ब्यक्ति पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, पुस ४

तनहुँमा अबैध लागु औषध एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका वडा नम्बर ३ बस्ने ३६ बर्षिय कृष्णबहादुर लोप्चन रहेका छन् ।

मंगलबार आँबुखैरेनी गाउँपालिका–४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा सिन्धुलीबाट पोखरा तर्फ जान आउदै गरेको ग १ ख ६३४१ नम्बरको बस रोकी चेकजाँच गर्दा उक्त बसमा सवार लोप्चनले लुकाई ल्याएको अबैध लागु औषध डाइजेपाम लेखेको सिसी ६५ एम्पुल, फेनेग्रान लेखेको सिसी ६५ एम्पुल र नोफिन लेखेको सिसी ६५ एम्पुल गरी जम्मा १९५ एम्पुल लागु औषध फेला पारी बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त लागु औषध सहित निज लोप्चनलाई पक्राउ गरी तनहुँ जिल्ला अदालतबाट मिति बुधबार सात दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनबहादुर खाँडले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक