अबैध लागू औषध सहित एक ब्यक्ति पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, पुस ४

तनहुँमा अबैध लागु औषध एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका वडा नम्बर ३ बस्ने ३६ बर्षिय कृष्णबहादुर लोप्चन रहेका छन् ।

मंगलबार आँबुखैरेनी गाउँपालिका–४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा सिन्धुलीबाट पोखरा तर्फ जान आउदै गरेको ग १ ख ६३४१ नम्बरको बस रोकी चेकजाँच गर्दा उक्त बसमा सवार लोप्चनले लुकाई ल्याएको अबैध लागु औषध डाइजेपाम लेखेको सिसी ६५ एम्पुल, फेनेग्रान लेखेको सिसी ६५ एम्पुल र नोफिन लेखेको सिसी ६५ एम्पुल गरी जम्मा १९५ एम्पुल लागु औषध फेला पारी बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त लागु औषध सहित निज लोप्चनलाई पक्राउ गरी तनहुँ जिल्ला अदालतबाट मिति बुधबार सात दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनबहादुर खाँडले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले