शुक्लागन्डकीको वडामा एकिकृत घुम्ती सेवा

Devghat Online

शेयर गरौ

दुलेगौंडा, पुस ५

शुक्लागन्डकी नगरपालिकाले वडा स्तरमा एकिकृत घुम्ती सेवा सन्चालन गरेको छ । जनतालाई सहज रुपमा सेवा दिने उद्धेश्यले घुम्ती शिविर सुरु गरिएको र शिविरलाई निरन्तरता दिइने प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले बताए ।

शिविरबाट नगरपालिकासँग सम्बन्धित सवै शाखा र प्रक्रियाबारे जानकारी लिन सकिने लामगादेको भनाई छ । लामगादेले यो सुरुवात भएको र सुचना सञ्चार सवैको पहुँचमा नपुगेको देखिएकाले आगामी दिनमा कार्यक्रमलाई अझ प्रभावकारी रुपमा संचालन गर्ने प्रतिवद्धता जनाए ।

वडा नम्बर १० मा आयोजित एकिकृत घुम्ती शिविरमा वडाध्यक्ष राजेन्द्र भट्टराईले सवैको साथ र सहभागीताबाट वडा नम्बर १० लाई नगरपालिकाकै उत्कृष्ट वडा बनाउनु पर्ने बताए । त्यसका लागि बेलैमा योजना सम्झौता गरी काम सम्पन्न गर्न उपभोक्ता समितिहरुलाई आग्रह गरे । उनले भने ‘हामी वडालाई नगरकै नम्बर वान वडा बनाउने लक्ष्यका साथ अगाडि बढेका छौँ । यो अभियानमा तपाईहरुले भरपुर सहयोग गर्नुपर्छ । सम्झौताको फाइनल थन्काएर राख्ने होइन, भोलिदेखि नै योजनाको काम गर्नुस् । ’

उनले बैलैमा योजना सम्झौता नगरे बजेट रकामान्तर गरेर अर्कै योजनामा हाल्ने भन्दै तुरुन्तै सम्झौता गरेर काम अगाडि बढाउन आग्रह गरे । आफु जनताकै सेवा गर्न आएकाले जनताले केही नबुझेको भए जुनसुकै अवस्थामा भएपनि सहयोग गर्न पनि तयार रहेको बताए ।

शिविरमा आर्थिक विकास शाखा प्रमुख नवराज पण्डित, सामाजिक शाखा प्रमुख हिमा पोख्रेल, पुर्वधार विकास शाखा प्रमुख इन्जिनियर तारापति भट्टराई, योजना शाखा प्रमुख पुष्पराज गिरी, पञ्जिकरण शाखा प्रमुख मञ्जु सुवेदी, सव इन्जिनियर किशोर खड्का, कृषि तथा पशु शाखाका कर्मचारी,स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरु, बैँकका कर्मचारीहरु र वडाका जनप्रतिनिधिहरु समेत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

रास्वपाको महाधिवेशन चितवनमा सुरु, आफ्नो पार्टीले प्रतिशोधको राजनीति नगर्नेः सभापती लामिछाने

चितवन । असार ७ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनको भरतपुरमा आइतबार सुरु