बन्दीपुरमा पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविर सम्पन्न

Devghat Online

शेयर गरौ

बन्दिपुर, पुस ५

बन्दीपुर गाउँपालिका को वडा नम्बर १ र ५ मा मा एक दिने पशुस्वास्थ्य तथा बाझोपन निवारण शिविर हालै सम्पन्न भएको छ ।

भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको आयोजना तथा बन्दिपुर गाउँपालिकाको सहकार्यमा उक्त शिविर सन्चालन भएको हो । कार्यक्रममा बाझोपन हुन नदिन सन्तुलित आहार, गोठ खोरको उचित ब्यबस्थापन सरसफाई परजिवि बिरुद्ध खोप तथा औषधी दिनुपर्ने लगायतका परामर्श प्रदान गरिएको थियो ।

शिविरमा ३९ घरपरिवारका १६६ पशु चौपायाहरूको स्वास्थ्य तथा बाँझोपन सम्वन्धी सेवा उपलब्ध गराईएको पशुपंक्षी तथा मत्सय बिकास शाखा प्रमुख मधुबिलास न्यौपानेले जानकारी दिए ।

शिविरमा जिल्ला पशु सेवा बिज्ञ केन्द्र तनहुँका प्रमुख डा.राजेश कुमार चौधरी, राष्ट्रिय पशु प्रजनन कार्यलयका बरिष्ठ पशु बिकास अधिकृत डा.खगेन्द्र राज सापकोटा, डा.भाजु महतो र अविनास भट्टराई, बिज्ञ केन्द्रका रेगम पोख्रेल, माडी नगरपालिकाका पशुपन्छी तथा मत्स्य विकास शाखाका प्रमुख डा. रविन बस्ताकोटी, पशुपन्छी तथा मत्स्य विकास शाखा बन्दीपुरका प्रमुख मधुबिलास न्यौपाने, पशु चिकित्सक डा.सफल पौडेल, सन्तोस ठकुरी, ओम बहादुर दरै, लालन साह रौनीयार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

रास्वपाको महाधिवेशन चितवनमा सुरु, आफ्नो पार्टीले प्रतिशोधको राजनीति नगर्नेः सभापती लामिछाने

चितवन । असार ७ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनको भरतपुरमा आइतबार सुरु