भ्रष्टाचारको फाईल खोल्दै जाँदा आफ्ना परिवारको सदस्यको अनुहार देखिएपछि बन्द हुन्छः रवि लामिछाने

Devghat Online

शेयर गरौ

दमौली, पुस ५

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती एवं पुर्व उपप्रधानमन्त्री रवि लामिछानेले देशमा भएको भ्रष्टाचार र अनियमितताको फाईल सरकारले खोल्नासाथ त्यसमा आफ्नो परिवारको सदस्यको अनुहार देखिएपछि बन्द हुने बताएका छन् । एयरर्पाेटबाट दिनहुँ क्विन्टलका क्विन्टल सुन आएको र एनसेल जस्ता ठुला भ्रष्टाचार र अनियमितताका घटना भईरहेको भन्दै लामिछानेले यस्ता घटनामा रास्वपाको दवावले छानविनको लागि फाईल त खुल्ने तर आफ्ना छोराछोरी र परिवारका सदस्यको अनुहार देखिएपछि फाईल बन्द हुने आरोप लगाए ।

तनहुँको भिमाद बजारमा विहिबार आयोजित खुल्ला सभालाई सम्बोधन गर्दै सभापती लामिछानेले २०८४ को चुनावपछि अहिलेसम्मका सबै अनियमिता र भ्रष्टाचारका सबै फाईल एक एक गरि खोल्ने दोषी देखिका कसैलाई नछाड्ने बताए । ठुला तथा पुराना दलका नेताहरुलाई २०८४ सम्म जे जे गर्ने हो, गर्न र त्यसपछि अहिलेसम्मको सबै हिसाब किताब खोज्ने उनले चुनौती दिएका छन् ।

रास्वपाको डरले २०८४ को निर्वाचनमा अहिलेका सत्तापक्ष र प्रतिपक्षहरु सबै एक भएर चुनाव लड्ने र राष्ट्रिय स्वतन्त्र पार्टी एक्लै चुनाव लड्ने ठोकुवा गरे । उक्त चुनावमा रास्वपाको पुर्ण बहुमत आउने दावी गर्दै लामिछानेले अझैपनि पुराना पार्टीलाई चार बर्ष बाँकी छ, सबै मिलेर देश बनाउन चुनौती दिए । ‘२०८४ सम्म मिलेर जे जे गर्ने हो गर्नुस, त्यसपछि पाउनु हुन्न’ लामिछानेले भने ‘चुनावपछि हामी सरकार बनाउँछौं र एक एकको हिसाब खोज्छु, त्यसै कसैलाई पनि छोड्ने छैन ।’

आफु गफको पोको लिएर नहिडेको भन्दै उनले भने– ‘हिजो सन्चारकर्ममा हुँदा पनि गफ लाउँदै हिडिन र अहिले पनि हिडदिन, नेपाली जनताका समस्या समाधान गर्न हिडेको हो ।’ महिला दिदि बहिनीको पक्षमा विगतदेखी नै काम गर्दै आएको भन्दै त्यसैको सम्मानको लागि आफ्नो निर्वाचन क्षेत्रमा महिलाहरु मात्र चढ्ने ब्लु बस सन्चालनमा ल्याएको बताए । आफुलाई राज्यले नागरिक विहिन बनाउँदा सबैभन्दा धेरै माया आमा, दिदि बहिनीहरुबाट पाएको लामिछानेले बताए ।

आफु गृहमन्त्री हुँदा सबैभन्दा पहिला निर्मला पन्तको न्यायकोलागि निर्णय गरेको तर बिजचै छोड्नुपर्दा त्यो काम रोकिएको भन्दै फेरी जुनदिन त्यो मन्त्रालयमा पुग्छु, त्यो दिनबाट फेरी सुरु गर्ने बताए । आफ्नो राजनीतिक जिवनमा एक पछि अर्काे मुद्धा लगाईएको भन्दै उनले जनताको आशिर्वादले फेरी राजनीतिमा आउन सफल भएको बताए ।
दलले कारवाही गर्छु भनेपछि अन्य दलका कार्यकर्ताहरु आफ्नो कार्यक्रममा आउन नसकेको भन्दै उनले त्यही डरको कारण आज उहाँहरुका छोरा र नातीहरुले आज देश छोडेर हिड्नु परेको बताए । अब डर, धम्की र प्रलोभनलाई त्यागेर आउनुपर्ने उनको भनाई थियो ।

राजनीतिलाई स्वच्छ र सफा बनाउन राजनीतिमा आएको भन्दै उनले पार्टीका कुनै पनि सांसद तथा नेताले अनियमिता गरेको तत्कालै कारवाही गरिने बताए । नेतृत्व इमानदार भयो भने तलतर्फ भ्रष्टाचार अन्त्य गर्ने आँट कसैलाई नहुने बताए ।

देश विकासको खाका आफुहरुसँग मात्रै रहेको भन्दै उनले भने ‘भिजन भएका व्यक्तिहरु हामीसँग छन्, पाँच वर्ष पछि देशैभर योग्य र भिजन भएका व्यक्तिहरु लिएर चुनाबी मैदानमा आउछौं । सडकको कालोपत्रेमा घुस खाने हैन, भिजन भएका देशभक्तहरु लिएर आउँछौं ।’ गलत व्यक्ति र गलत नेताको पछि लागेर हिड्ने जनता पनि पनि देश विगार्नेमा हकदार हुने लामिछानेको भनाई थियो ।

सो कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य शिव नेपाली, रास्वपा गन्डकी प्रदेशका सभापती राजन गौतम लगायतले मन्तव्य राखेका थिए ।

नवलपुरको बौदकाली गाउँपालिकाको कार्यक्रम सकेर लामिछाने घिरिङ गाउँपालिकाको मानपुर हुँदै भिमाद आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु