मिलिजुली युवा क्लवको बार्षिकोत्सवको अवसरमा सांस्कृतिक कार्यक्रम तथा भलिवल प्रतियोगिता आयोजना

Devghat Online

शेयर गरौ

बन्दिपुर, पुस १५

बन्दिपुर गाउँपालिका–६ खहरेटारमा रहेको मिलिजुली युवा क्लवको छैठौं बार्षिकोत्सव तथा तमु ल्होसारको अवसरमा आइतबारदेखी खहरेटारमा बृहत सांस्कृतिक कार्यक्रम तथा खुल्ला गाउँ तथा टोल स्तरीय भलिवल प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिता पुस १८ गतेसम्म चल्नेछ ।

क्लवले विगतदेखी तमु भाषा, संस्कृति, सभ्यता र पहिचानलाई जगेर्ना तथा संरक्षण गर्ने उद्देश्यले १५ पुस तथा तमु ल्होसारको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम गर्दै आएको र यसपटक छैठौं बार्षिकोत्सवको अवसरमा खुल्ला गाउँ तथा टोल स्तरीय भलिवल प्रतियोगिता आयोजना गरिएको क्लवका संस्थापक अध्यक्ष एवं कार्यक्रमका मुल संयोजक सिद्धान्त गर्जामगरले बताए । सो कार्यक्रमको स्थायी शिक्षक हकहित संरक्षण मन्चका केन्द्रीय अध्यक्ष रमेशबाबु भट्टराईले उद्घाटन गरे ।

 

उक्त सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरु बलविक्रम थापा, संजिव सिं राना, अनुराग थापा मगर, उषा लामिछाने, खेमराज थापा, मनिषा मगर, भौमाया गुरुङ, मनु राना मगर लगायतको सांस्कृतिक प्रस्तुती रहनेछ ।

भलिवल प्रतियोगिता तर्फ भने प्रथम हुने टिमलाई ५५ हजार ५५५ रुपैयाँको साथमा खसी, द्वित्तिय हुनेलाई ३३ हजार ३३३ रुपैयाँको साथमा बोका र तृतिय हुने टिमलाई २२ हजार २२२ रुपैयाँको साथमा २ वटा भाले पुरस्कार दिईने छ ।

यसैगरि चौंथो हुनेलाई ८ हजार ८८८ र सान्त्वना हुने टिमलाई ४ हजार ४४४ रुपैयाँ नगद पुरस्कार दिईने छ । पुरस्कृत टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र पनि प्रदान गरिने कार्यक्रम संयोजक मगरले जानकारी दिए । भलिवल प्रतियोगितामा भाग लिनकोलागि ५ हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । भलिवल प्रतियोगितामा २८ वटा टिमको सहभागिता रहनेछ ।

सो अवसरमा आइतबार रत्नहरी मेमोरियल अस्पताल दमौलीको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य परिक्षण समेत आयोजना गरिएको थियो । सो अवसरमा १५० जनाको स्वास्थ्य परिक्षण गरिएको क्लवले जनाएको छ ।

क्लवका अध्यक्ष रामबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथी भट्टराई, नेपाल शिक्षक शिक्षक संघ तनहुँका सचिव नरेन्द्र वाग्ले, क्लवका संस्थापक अध्यक्ष सिद्धान्त थापा मगर लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय