तनहुँका व्यवसायीहरु उद्योग वाणिज्य संघ प्रदेशको विभिन्न उपसमितिमा मनोनित

Devghat Online

शेयर गरौ

दमौली, पुस १९

तनहुँका व्यवसायीहरु उद्योग वाणिज्य संघ गन्डकी प्रदेशको विभिन्न उपसमितिमा मनोनित भएका छन् । नेपाल उधोग वाणिज्य महासंघ गण्डकी प्रदेशले प्रदेशको विभिन्न उपसमितिमा तनहुँका चार जना व्यवसायीलाई मनोनित गरेको छ ।

नेपाल उधोग वाणिज्य महासंघ गण्डकी प्रदेशको स्वास्थ्य उपसमिति सदस्यमा तनहुँ उद्योग वाणिज्य संघका पुर्व प्रथम उपाध्यक्ष ईश्वरबहादुर बिष्ट, कृषि उपसमितिको सदस्यमा संघका पुर्व प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र, घरेलु तथा हस्तकला उपसमिति सद्स्यमा महिला उधमि विकास समिति तनहुँका सभापति शकुन्तला आले तथा प्रदेश रोजगार परिषद उप–समितिको सदस्यमा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका उपसभापती सुजित हिराचन मनोनित भएका छन् ।

नेपाल उधोग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले व्यवसायीहरुलाई उक्त उपसमितिमा मनोनित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र