राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका बिजेता तथा सहभागीलाई देवघाट गाउँपालिकाको सम्मान

Devghat Online

शेयर गरौ

देवघाट, पुस २३

देवघाट गाउँपालिकाले गत पुस ९ र १० गते आयोजित जिल्ला स्तरीय राष्ट्रपती रनिङ सिल्ड प्रतियोगितामा गाउँपालिकाको तर्फबाट सहभागी भएका खेलाडीहरुलाई सम्मान गरेको छ । गाउँपालिकाले सोमबार ए कार्यक्रमको आयोजना गरि प्रतियोगिताका पदक बिजेता तथा खेलाडी विद्यार्थीहरुलाई सम्मानपत्रद्वारा सम्मान गरेको हो ।

जिल्ला स्तरीय राष्ट्रपती रनिङ सिल्ड प्रतियोगितामा देवघाट गाउँपालिकाले यसपटक विभिन्न विधामा ८ वटा पदक हात पारेको थियो । ९ वटा बिधामा ३२ जना खेलाडी सहभागी भएको देवघाटले पहिलो पटक ८ पदक हात पारेको हो । प्रतियोगितामा देवघाटका १६ खेलाडीले मेडल जितेका थिए ।

प्रतियोगितामा देवघाटले १ स्वर्ण, २ रजत र ५ कास्य पदक हात पारेको थियो भने छात्र भलिवलमा तृतीय स्थान हात पारेको थियो । देवघाटकी छात्रा परिमाया आलेले सटपुटमा स्वर्णपदक जितेकी थिइन् ।

यसअघि पदक विहिन हुँदै आएको देवघाटले यसपटक ८ वटा पदक जित्नुलाई ठुलो उपलब्धि मान्न सकिने देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । खेलकुँदको क्षेत्रमा गाउँपालिकाले गरेको लगानी र खेलाडी विद्यार्थीले गरेको मेहनेतको कारण यो सफलता प्राप्त भएको अध्यक्ष थापाले बताए । यो सफलतालाई आगामी दिनमा थप उपलब्धी सहित निरन्तरता दिन अध्यक्ष थापाले विद्यार्थीहरुलाई शुभकामना दिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, उपाध्यक्ष भुवन सिंह गुरुङ वडा नम्बर ५ का अध्यक्ष पूर्णबहादुर कुँवर, विभिन्न वडाका वडा अध्यक्षहरु, गाउँपालिकाका शिक्षा युवा तथा खेलकुँद शाखाका प्रमुख होमनाथ लामिछाने, देवघाट युवा तथा खेलकुद समितिका अध्यक्ष अमर बहादुर फेवाली, कालिका माध्यामिक बिद्यालय व्यावस्थापन समिति अध्यक्ष डा.सुरेन्द्र प्रसाद श्रेष्ठ, कालिका माध्यमिक विद्यालयका प्रअ इन्द्रदेव तिवारी, बज्रयोगिनी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक केशव काफ्ले लगायतले मन्तव्य राखेका थिए ।

सो कार्यक्रमको सञ्चालन देवघाट गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्तले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक