तनहुँका पदम नेपाली काँग्रेसबाट राष्ट्रिय सभाको उम्मेदबार

Devghat Online

शेयर गरौ

दमौली, पुस २३

नेपाली काँग्रेसले राष्ट्रिय सभा सदस्यकोलागि तनहुँका पदम परियारलाई उम्मेदबार बनाएको छ । व्यास नपा १ निवासी परियार गन्डकी प्रदेशको अपाङ्गता तथा अल्पसंख्यक क्लष्टरबाट उम्मेदबार बनेका हुन् । पदम हालका राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थको रिक्त हुने कोटामा उम्मेदबार बनेका हुन् ।

सत्तागठबन्धनको तर्फबाट उम्मेदबार बनेको कारण पदमको जित निश्चित जस्तै छ । पदम अपाङ्गता अधिकारको क्षेत्रमा लामो समयदेखी क्रियाशिल छन् । उनी अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र विकासकोलागि श्रोत केन्द्र रिसेडको अध्यक्ष समेत हुन् ।

गन्डकी प्रदेशबाट सत्ता गठबन्धनको तर्फबाट अन्य तर्फको क्लष्टरमा नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ र महिला क्लष्टरमा माओवादी केन्द्रकी मनरुपा शर्माले उम्मेदबारी दिएका छन् ।

नेकपा एमालेबाट भने अन्य क्लष्टरमा चक्रबहादुर पराजुली, महिलामा सम्झना देवकोटा र अपाङ्गता तथा अल्पसंख्यक तर्फ हेमेन्द्र सेरचनले उम्मेदबारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पराजित उम्मेदवारहरुले दिए बिजयीहरुलाई बधाई र मतदातालाई धन्यवाद

तनहुँ । फागुन २३ तनहुँको दुबै निर्वाचन क्षेत्रमा पराजित भएका उम्मेदवारहरुले बिजयी सांसदहरुलाई बधाई दिएका