चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

शेयर गरौ

 

चितवन । चितवन उद्योग बाणिज्य संघको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

५७ औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा अध्यक्षका अर्का प्रत्यासी शिरिष पन्तलाई ६७२ मतान्तरले पराजित गर्दै श्रेष्ठ संघको अध्यक्षमा निर्वाचित भएका हुन् ।

श्रेष्ठले १५१५ मत पाए भने पन्तले ८४३ मत ल्याए । श्रेष्ठ यसअघि संघको वरिष्ठ उपाध्यक्ष थिए । पन्त तृतीय उपाध्यक्ष थिए ।

अधिवेशनबाट संघको वरिष्ठ उपाध्यक्षमा चिरिञ्जीवी सुवेदी, वाणिज्यतर्फ उपाध्यक्षमा राजेन्द्र ओली, उद्योगतर्फको उपाध्यक्षमा अशोक अधिकारी र वस्तुगततर्फको उपाध्यक्षमा नारायण प्रधान विजयी भए ।

कुल मतदाता २ हजार ९७४ रहेकोमा २ हजार ४१४ मत खसेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक