देवघाट गाउँपालिकाको १३ औं गाउँ सभा सम्पन्न, बार्षिक बजेट तथा कार्यक्रम संशोधन

Devghat Online

शेयर गरौ

देवघाट, पुस २४

देवघाट गाउँपालिकाको १३ औं गाउँ सभा मंगलबार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा सम्पन्न सो गाउँसभाले आ.व. ०८०/८१ को बार्षिक बजेट तथा कार्यक्रम संशोधन गरि रकमान्तर प्रस्तावलाई सुझाव सहित पारित गरेको छ ।

गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले १२ अौं गाउँ सभाले पारित गरेको कार्यक्रम र बजेटमा समावेश केही कार्यक्रम संशोधन र ति कार्यक्रमको लागि बजेट समेत रकमान्तर सम्बन्धि प्रस्ताव प्रस्तुत गरेका थिए । गाउँ सभमाले उक्त प्रस्ताव छलफल र सुझाव पछि सर्वसम्मतिले पारित गरेको छ ।

गाउँ सभाले व्याकलोडर खरिदको लागि बिनियोजित ५१ लाख रुपैयाँ रकमान्तर गरेको छ । सो रकम घिनाटार-टाउनचोक सडक निर्माणको लाथि रकमान्तर गरिएको छ । त्यस्तै गाउँपालिका भवनमा लिफ्ट जडानको लागि २५ लाख रुपैयाँ प्रस्ताव गरेको छ । वडा नम्बर ४ मा स्थापना गर्ने भनिएको सुन्तला नर्सरी स्थापनाको लागि ३० लाखको बजेट लाई १९ लाख ५० हजार प्रस्ताव गरिएको छ । अन्य विभिन्न कार्यक्रम तथा वडा कार्यालयबाट प्रस्तावित कार्यक्रमहरु पनि संशोधन गरि ती कार्यक्रमको बजेट पनि रकमान्तर गरिएको छ । कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरले रोजगार सेवा केन्द्र मार्फत सन्चालन गरिने योजना र बजेट प्रस्ताव गरेका थिए ।

सभामा शुभकामना मन्तव्य राख्दै वडा नम्बर ५ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता पुर्णबहादुर कुँवरले भुमिहिन दलित तथा सुकुम्बासीले लामो समयदेखी जग्गाधनी पुर्जाको अपेक्षा गरेको भन्दै त्यसको लागि गाउँ पालिकाले पनि पहल गर्नुपर्ने बताए । गाउँ सभामा सदस्य होममाया खाँणले शुभकामना मन्तव्य राखेकी थिईन् ।

गाउँ सभामा समसामयिक विषयको छलफलमा भाग लिदै गाउँ सभा सदस्य गंगा सिंह विकले नागरिकको आवश्यकता अनुसार काम गर्न गाउँपालिका चुकेको बताए । उनले अपांगता भएका व्यक्तिहरुको जिविकोपार्जनको लागि काम गर्नुपर्ने सुझाव दिए । त्यसैगिर गाउँ सभा सदस्य सरस्वती परियारले एकल महिला तथा हिंसा पीडित महिलाको हितमा गाउँ पालिकाले नीति बनाउनुपर्ने बताईन् ।

गाउँ सभामा संशोधित कार्यक्रम तथा बजेट तथा कार्यक्रम माथि सदस्यहरु बाबुराम परियार, कमला गुरुङ र बुद्धिबहादुर पान्डेले सुझाब राखेका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पुष्पलाल स्मृति दिवसमा एमाले व्यास नगरले रक्तदान कार्यक्रम गर्ने

दमौली, साउन ४ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा नेकपा एमाले

तनहुँ जिल्ला अदालतद्वारा ७३ प्रतिशत मुद्धा फछर्याैट, २७६६ मध्ये २०२८ फछ्यौैट भई ७३८ मुद्धा बाँकी

दमौली, साउन ४ तनहुँ जिल्ला अदालतले आर्थिक वर्ष २०८०÷०८१ मा ७३.३१ प्रतिशत मुद्धा फछर्याैट गरेको