देवघाट जाने झोलुङ्गे पुल मर्मत भईरहेको हुँदा सजगता अपनाउन क्षेत्र विकास समितिको अनुरोध

Devghat Online

शेयर गरौ

देवघाट, पुस २४

देवघाट क्षेत्र विकास समितिले देवघाट जाने त्रिशुली नदीको झोलुङ्गे पुल मर्मत भईरहेको हुँदा सजगता अपनाउन सर्वसाधारणमा अनुरोध गरेको छ ।

देवघाट क्षेत्र विकास समितिले मंगलबार सुचना प्रकाशन गरि पुल मर्मत भईरहेको हुँदा आवश्यक सजगता अपनाउन र सहयोग गर्न सर्वसाधारणमा अनुरोध गरेको हो ।

देवघाट क्षेत्र विकास समितिको भौगोलिक कार्यक्षेत्र भित्र पर्ने देवघाट गाउँपालिका वडा नम्बर ५ र भरतपुर महानगरपालिका वडा नम्बर १ देवघाटधाम जोड्ने त्रिशूली नदी माथि निर्माण भएको झोलुङ्गे पुल जीर्ण अवस्थामा रहेको र यस वर्ष आउँदै गरेको माघेसंक्रान्ति मेला २०८० मा लाखौंको संख्यामा तीर्थयात्रीहरू र स्थानीय बासिन्दाहरू आवत जावत गर्ने हुनाले उक्त पुल कुनै पनि समयमा दुर्घटना भई मानवीय क्षति समेत हुन सक्ने भएको हुँदा माघेसंक्रान्ति मेलालाई मध्यनजर गर्दै सस्पेन्सन बृज डिभिजन कार्यालय, पुल्चोक, ललितपुरबाट आएका प्राविधिकहरूबाट झोलुङ्गे पुलको मर्मत कार्य भैरहेको क्षेत्र विकास समितिले जनाएको छ ।

पुल मर्मतको क्रममा आवश्यकता अनुसार पुल बन्द हुन सक्ने भएतापनी हाललाई झोलुङ्गे पुल प्रयोग गर्दा सजगता अपनाउनुहुन अनुरोध गर्दै स्थानीयवासी, भक्तजन तथा अन्य सर्वसाधारणलाई सहज र सुरक्षित आवागमनको लागि पुल मर्मतमा आवश्यक सहयोग गर्न देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय