देवघाट जाने झोलुङ्गे पुल मर्मत भईरहेको हुँदा सजगता अपनाउन क्षेत्र विकास समितिको अनुरोध

Devghat Online

शेयर गरौ

देवघाट, पुस २४

देवघाट क्षेत्र विकास समितिले देवघाट जाने त्रिशुली नदीको झोलुङ्गे पुल मर्मत भईरहेको हुँदा सजगता अपनाउन सर्वसाधारणमा अनुरोध गरेको छ ।

देवघाट क्षेत्र विकास समितिले मंगलबार सुचना प्रकाशन गरि पुल मर्मत भईरहेको हुँदा आवश्यक सजगता अपनाउन र सहयोग गर्न सर्वसाधारणमा अनुरोध गरेको हो ।

देवघाट क्षेत्र विकास समितिको भौगोलिक कार्यक्षेत्र भित्र पर्ने देवघाट गाउँपालिका वडा नम्बर ५ र भरतपुर महानगरपालिका वडा नम्बर १ देवघाटधाम जोड्ने त्रिशूली नदी माथि निर्माण भएको झोलुङ्गे पुल जीर्ण अवस्थामा रहेको र यस वर्ष आउँदै गरेको माघेसंक्रान्ति मेला २०८० मा लाखौंको संख्यामा तीर्थयात्रीहरू र स्थानीय बासिन्दाहरू आवत जावत गर्ने हुनाले उक्त पुल कुनै पनि समयमा दुर्घटना भई मानवीय क्षति समेत हुन सक्ने भएको हुँदा माघेसंक्रान्ति मेलालाई मध्यनजर गर्दै सस्पेन्सन बृज डिभिजन कार्यालय, पुल्चोक, ललितपुरबाट आएका प्राविधिकहरूबाट झोलुङ्गे पुलको मर्मत कार्य भैरहेको क्षेत्र विकास समितिले जनाएको छ ।

पुल मर्मतको क्रममा आवश्यकता अनुसार पुल बन्द हुन सक्ने भएतापनी हाललाई झोलुङ्गे पुल प्रयोग गर्दा सजगता अपनाउनुहुन अनुरोध गर्दै स्थानीयवासी, भक्तजन तथा अन्य सर्वसाधारणलाई सहज र सुरक्षित आवागमनको लागि पुल मर्मतमा आवश्यक सहयोग गर्न देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट निर्माणमा नागरिकको राय सुझाव संकलन गर्ने

तनहुँ । बैशाख ७ तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ६ देवघाट गाउँपालिका–५ मा सन्चालित महेश संस्कृत गुरुकुलमले आगामी शैक्षिक सत्रकोलागि ३२

लोकप्रिय स्वास्थ्य क्लिनिकमा भएको निशुल्क शिबिरबाट ३४१ सेवाग्राही लाभान्वित

तनहुँ । बैशाख ६ लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजना र यूआरएलको प्राविधिक सहयोगमा शनिबार भएको

बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कार भट्टराई, अधिकारी र नेपालीलाई प्रदान

तनहुँ । बैशाख ६ बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट प्रकाशचन्द्र भट्टराई, धनपति अधिकारी र सानेबहादुर