दलित आयोगद्वारा तनहुँका स्थानीय तहमा दलित सहभगिताको अनुगमन

Devghat Online

शेयर गरौ

अन्जान परियार
भिमाद, पुस २४

राष्ट्रिय दलित आयोगले तनहुँका स्थानीय तहमा दलित सहभागिताको बारेमा अनुमगन गरेको छ । आयोगका सदस्य एवम प्रवक्ता सुन्दर पुर्काेटीले सोमबार जिल्लाका विभिन्न स्थानीय तह र प्रशासनको अनुगमन गर्दै स्थानीय तहले दलित समुदायको बिकास गर्नुका साथै अधिकार स्थापित गर्न खेलेको भुमिकाको जानकारी लिएका थिए । सो क्रममा सदस्य पुर्काेटीले स्थानीय तहको कार्यक्रम कार्यान्वयनको क्रममा दलित समुदायको सहभागिताको बारेमा आवश्यक सुझाव पनि दिएका थिए ।

भिमाद नगरपालिकामा आयोजित कार्यक्रममा आयोगका सदस्य एवं प्रवक्ता पुर्काेटीले यस क्षेत्रका दलित अगुवाका साथै जनप्रतिनिधि, पत्रकार र प्रहरीसँग जातिय बिभेदका घटनाहरुको बारेमा जानकारी लिएका थिए । सदस्य पुर्काेटीले दलित समुदायले अपमानित हुने किसिमका नाम र थर परिवर्तन गर्न दलित आयोगको निर्देशन अनुसार सहयोग गर्न नगरपालिका समक्ष आग्रह गरे । साथै नगरपालिकाले दलित समुदायको शिक्षा, स्वास्थ्य, रोजगारी का क्षेत्रमा समेत प्राथमिकतामा राख्न पनि उनले अनुरोध गरे ।

सो क्रममा भिमाद नगरपालिकाका प्रमुख दधिराज सुबेदीले नगरपालिकालाई जातीय लगायत सबै किसिमका बिभेद अन्त्य भएको अबस्थामा पु¥याउन सबैको सहयोग आवश्यक रहेको बताए । नगर प्रमुख सुबेदिले जातीय बिभेद जस्तो जघन्य अपराध प्रति आफु गम्भिर रहेको भन्दै नगरपालिकालाई जातिय बिभेद मुक्त नगर बनाउने प्रतिबद्धता व्यक्त गरे । नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत मोहन मरासिनीले दलित समुदायका अधिकांश व्यक्तिहरुमा आफु फरक (सानो) भएको जस्तो हिनताबोधका कारण समस्या अपेक्षाकृत समधान हुन नसकेको बताए । उनले जातीयता भन्दा वर्गीय बिभेदका बारेमा सोच्नु पर्ने समय आएको धारणा व्यक्त गरे ।

कार्यक्रममा दलित अगुवा सालिकराम सुनार, पत्रकार अशोक बिश्वकर्मा, अन्जान परियार, कार्यपालिका सदस्य सङ्गिता बिक लगायतले नगरपालिका क्षेत्रमा हुने जातीय बिभेदको अबस्था बारे जानकारी गराएका थिए । छलफलमा सहभागी भएका भिमाद नगरपालिका र घिरिङ्ग गाउँपालिकाबाट सहभागी भएका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले काम गर्दा झेल्नु परेका समस्याहरुको जानकारी गराउदै दलित आयोगको ध्यानाकर्षण गराएका थिए ।

यसैगरि सदस्य पुर्काेटीले सोमबार नै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग जिल्लामा दलित समुदायले कानुनी प्रक्रियामा झेल्नु परेको समस्याहरुको बारेमा र जातिय विभेदका घटनाहरुको कानुनी उपचारमा सम्पादन भईरहेको कार्यहरुको बारेमा जानकारी लिएका थिए । सो क्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र प्रहरी उपरिक्षक अवदेश विष्टले जातिय विभेदका घटनामा शुन्य सहनशिलताको नीति लिईएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको