आँपटारीदेखी देवघाट जाने सडकको दायाँ वायाँका रुखमा रङ रोगन

Devghat Online

शेयर गरौ

देवघाट, पुस २४

चितवनको भरतपुरको आँपटारीचोकदेखि पवित्र धार्मिस्थल देवघाटसम्म जाने सडकको दायाँ–बायाँका रुख र पोलमा रङ रोगन गरिएको छ । सशस्त्र प्रहरी बल आँपटारीले उक्त सडकको दायाँ वायाँका रुख र बिजुलीको पोलमा रङ रोगन गरेको हो ।

रङ रोगनका लागि आवश्यक ९ सय लिटर सेतो र रातो रङ भरतपुर महानगरपालिकाले सशस्त्र प्रहरी बल आँपटारीलाई उपलब्ध गराएको थियो । रङ खरिदका लागि ५ लाख ९९ हजार ४ सय खर्च भएको महानगरले जनाएको छ ।

भरतपुर महानगरपालिकाले दिएको रङलाई सशस्त्र प्रहरीले सामाजिक उतरदायित्व अन्तर्गत लगाएको सशस्त्र प्रहरी बल आँपटारीका प्रमुख शशी पाण्डेले बताए । करिब एक महिनाभित्र यो सडकमा रङ लगाउने काम सकिने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती