पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु

Devghat Online

शेयर गरौ

पाल्पा, फागुन १

पाल्पाको तिनाउ गाउँपालिका ६ चिदिसमा मंगलबार जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ।

डुम्रेबाट तिनाउको चिदिसतर्फ जाँदै गरेको जिप दुर्घटना भएको तिनाउ गाउँपालिका ६ का वडाध्यक्ष टोमबहादुर पुनले जानकारी दिए । दुर्घटनामा १० जना घाइते भएको उनको भनाइ छ।

अहिले उद्धारको कार्य चलिरहेको छ। जिप दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताए ।

उनले भने। “जिप दुर्घटनामा आठ जनाको मृत्यु भएको छ। १० बढी घाइते छन् । उद्धार कार्य जारी छ। उनीहरूलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिँदै छ। दिउँसो ४ः४५ बजे जिप दुर्घटना भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक