पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु

Devghat Online

शेयर गरौ

पाल्पा, फागुन १

पाल्पाको तिनाउ गाउँपालिका ६ चिदिसमा मंगलबार जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ।

डुम्रेबाट तिनाउको चिदिसतर्फ जाँदै गरेको जिप दुर्घटना भएको तिनाउ गाउँपालिका ६ का वडाध्यक्ष टोमबहादुर पुनले जानकारी दिए । दुर्घटनामा १० जना घाइते भएको उनको भनाइ छ।

अहिले उद्धारको कार्य चलिरहेको छ। जिप दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताए ।

उनले भने। “जिप दुर्घटनामा आठ जनाको मृत्यु भएको छ। १० बढी घाइते छन् । उद्धार कार्य जारी छ। उनीहरूलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिँदै छ। दिउँसो ४ः४५ बजे जिप दुर्घटना भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले