दमौली अस्पतालमा औषधी खरिदकोलागि युवा अभियन्ता गफ्फारको ध्यानाकर्षण

Devghat Online

शेयर गरौ

दमौली, माघ १

दमौलीका सामाजिक युवा अभियन्ता महम्मद गफ्फारले दमौली अस्पतालमा आवश्यक औषधी खरिदको लागि ध्यानाकर्षण गराएका छन् ।

मंगलबार दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बराललाई ज्ञापन पत्र बुझाउँदै उनले अस्पतालकोलागि आवश्यक औषधी जतिसक्दो चाँडो खरिद गर्न माग गरेका छन् । औषधी जस्तो महत्वपुर्ण कुराको अभाव हुनुले जनताको स्वास्थ्यमाथि खेलवाड हुनु भन्दै उनले कसैको डर, धम्की नमानी औषधी खरिद गर्न माग गरे ।

औषधी जस्तो अति आवश्यक बस्तुको खरिद प्रक्रियामा धम्की दिने र अवरोध गर्ने कार्य भएको पाईए अस्पतालको समस्या समाधानको निम्ती युवाहरुले आन्दोलन गर्ने गफ्फारले चेतावनी दिएका छन् ।

हालै एक सन्चारमाध्यमसँगको अन्तर्वातमा दमौली अस्पतालका प्रमुख डा. बरालले औषधी खरिद गर्न खोज्दा आफुलाई धम्की आउने गरेको बताए । दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले समितिले आवश्यक औषधी खदिर गर्ने निर्णय गरि औषधीको टेन्डरको सुचना समेत प्रकाशित भईसकेको बताए ।

युवा अभियन्ता गफ्फारले गत साता जिल्लाका १० वटै स्थानीय तहमा ज्ञापनपत्र बुझाई सामुदायिक विद्यालयको सौचालय सुधार गर्नु पर्ने माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा