पुर्वराजा ज्ञानेन्द्र देवघाट आउँदै, तनहुँ तर्फ आउन चार वटा डुङ्गाको व्यवस्थापन, राप्रपाका कार्यकर्ताले स्वागत गर्ने

Devghat Online

शेयर गरौ

देवघाट, फागुन २

चितवन भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह आज बुधबार पवित्र धार्मिक स्थल देवघाटधाम आउने भएका छन् ।

पुर्व राजा शाह कालिगन्डकी र त्रिशुलीको संगम वेणीमा स्नान र पुजाआजाका लागि दिउँसो ३.३० बजे देवघाटधाम आउने कार्यक्रम तय भएको बताईएको छ । चितवनको पटिहानीबाट गाडीमा आपँटारी हुँदै देवघाट आउने पुर्व राजा शाहको परिवार डुङ्गामा त्रिशुली नदी पार गरेर तनहुँ तर्फको वेणी संगममा आइ स्नान गर्ने कार्यक्रम रहेको छ । पुर्व राजपरिवार तथा सुरक्षाकर्मीकोलागि चारवटा डुङ्गाको व्यवस्थापन गरिएको छ ।

कालिगन्डकीमा स्नानपछि पुर्वराजा गलेश्वर आश्रम स्थित स्थित सिद्धेश्वर महादेवको मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको बुझिएको छ । देवघाटमा पुर्व राजालाई राप्रपाका नेता तथा कार्यकर्ताहरुले स्वागत गर्ने भएका छन् ।

पुर्व राजा आईतबार चितवनको भरतपुर आएका थिए । उनी दुई साता चितवनमा रहनेछन् । पूर्वराजाको परिवार पटिहानीस्थित सोल्टी होटलमा बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले