७८ प्रहरी उपरीक्षकको सरुवा, तनहुँमा अपिलराज बोहोरा आउने

Devghat Online

शेयर गरौ

दमौली, फागुन २

प्रहरी प्रधान कार्यालय नक्सालले ७८ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरले एसपीहरुको सरुवा÷काज गरेका हुन् ।

प्रहरी महानिरिक्षकको निर्णय अनुसार फागुन १ गतेदेखी लागु हुनेगरि एसपीहरुको सरुवा÷काज भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँको प्रमुखमा अपिलराज बोहोरा आउने भएका छन् । उनी प्रहरी प्रधान कार्यालय मानवअधिकार उल्लंघन इकाई नक्सालबाट तनहुँमा सरुवा भएका हुन् । बोहोरा गत बैशाख महिनामा एसपीमा बढुवा भएका थिए ।

हालसम्म तनहुँको एसपी रहेका अबदेव विष्ट क्षेत्रीको काठमाडौं उपत्यका प्रहरी कन्ट्रोल रुम रानीपोखरीमा सरुवा भएको छ ।

यसैगरि नेपाल प्रहरी विशेष सुरक्षागण बेलचौतारा तनहुँमा गन्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट एसपी केदार खनालको सरुवा भएको छ भने प्रहरी विशेष सुरक्षागण बेलचौताराका एसपी नकुल पोख्रेलको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय अपराध अनुसन्धान शाखामा सरुवा भएको छ ।

यसैगरि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय तनहुँमा एसपी जनकबहादुर शाहीको सरुवा भएको छ । उक्त कार्यालयका एसपी सुमनकुमार तिमिल्सनाको कोशी प्रदेश प्रहरी कार्यालययमा सरुवा भएको छ ।

यसैगरि जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय, शान्ति सुरक्षा महाशाखामा कार्यरत भावेष रिमालको सरुवा भएको छ । चितवन प्रमुख एवम् प्रहरी उपरीक्षक रामेश्वर कार्कीलाई लागुऔषध नियन्त्रण व्युरो, अपराध अनुसन्धान तथा कारबाही शाखा काठमाडौँमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू