विज्ञान शिक्षकहरुको लागि दुईदिने आधारभुत तालिम

Devghat Online

शेयर गरौ

दमौली, फागुन २

आदिकवि भानुभक्त क्याम्पसमा विद्यालयका विज्ञान शिक्षकहरुको लागि दुई दिने आधारभूत तालिम बुधबार सुरु भएको  छ । Integrating Hands-on Inquiry Based STEAM Pedagogy तालिम विहिबार सम्पन्न हुनेछ ।

तालिममा १६ वटा आधारभूत तहका विद्यालयमा कक्षा आठमा विज्ञान वा गणित विषय अध्यापन गर्ने विषय उपस्थिति रहेको छ। तालिमको आयोजना क्याम्पसको विज्ञान तथा प्रविधि विभागले गरेको छ। तालिममा तनहुँ जिल्लाका संस्थागत र सामुदायिक विद्यालयका शिक्षक सहभागिता रहेको छ ।

तालिमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख उद्धवराज कट्टेलले संस्थागत विद्यालय र सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्नका लागि आधारभूत तहमा विशेष प्राथमिकताका साथ शिक्षण कार्यमा नविन र प्रभावकारी र ज्ञान सिप हस्तान्तरण गर्न अति आवश्यक देखिएको बताए ।

उक्त अवसरमा बोल्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले समुदाय र क्याम्पस बीचको सम्बन्धलाई प्रगाड बनाउन र सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्नमा क्याम्पसको तर्फबाट गर्न सकिने सहयोगका क्षेत्रहरू खोज्ने क्रममा ओलम्पियड कार्यक्रमको आयोजना गरिएको जानकारी गराए ।

उनले आदिकवि भानुभक्त क्याम्पसले यस जिल्लाको शैक्षिक विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको र आगामी दिनमा उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्नका लागि आधारभूत र माध्यमिक तहको शिक्षण सिकाइमा समयानुकूल विधि, प्रविधि ज्ञान र सीप हस्तान्तरण गरेर विद्यालय शिक्षामा जिल्लामा आमूल परिवर्तन ल्याउन नयाँ योजनाहरू बनाउन र कार्यान्वयन गर्न जिल्लामा नेतृत्वदायी भूमिका निर्वाह गर्न सुझाव दिएका थिए ।

गणित र विज्ञान विषयमा अध्ययन गर्ने विद्यार्थीहरूको शैक्षिक गुणस्तर र सिकाई उपलब्धि जिल्लाको आधारभूत तहमा अत्यन्त न्यून रहेको र उक्त विषयको प्रभावकारी शिक्षण एक चुनौतीपूर्ण कार्य देखिदै आएकाले ती विषयहरूमा सुधार ल्याउनका लागि विशेष शिक्षकहरूको क्षण विधिमा निखार ल्याउन अति आवश्यक भएको कारणले क्याम्पसले समुदाय प्रतिको उत्तरदायित्व निभाउन उक्त तालिम आयोजना गरिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए ।

कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुखद्वय डा. रामकुमार अधिकारी र सागर पौडेल, क्याम्पसको आन्तरिक गुणस्तर मूल्याङ्कन समितिका प्रमुख विश्वेश्वर तिमल्सेना, क्याम्पसको पब्लिक क्याम्पस प्राध्यापक सङ्घका इकाई उपसभापति चिरञ्जीवी बस्नेत समेतको उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रम विज्ञान तथा प्रविधि विभागका प्रमुख राजन घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन उपप्राध्यापक रूपक श्रेष्ठले गरेका थिए भने कार्यक्रममा उपस्थित प्रमुख अतिथि अतिथि लगायत सहभागी सबैलाई सहायक प्राध्यापक सरला देवकोटाले स्वागत गरेकी थिइन्। कार्यक्रममा विज्ञान विषयका प्राध्यापक कर्मचारी र एबीसी साइन्स क्लबका स्वयंसेवक विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

क्याम्पसले सो तालिम विज्ञान शिक्षण र अध्ययनमा विद्यार्थी र शिक्षकहरूका लागि आधारभूत तहमा नवीन प्रयोगात्मक विधि सहजीकरण गर्दै आइरहेको कारखाना नामक गैरसरकारी शैक्षिक तालिम प्रदायक संस्थाको प्राविधिक सहायतामा सञ्चालन गरेको हो । तालिमका साथै क्याम्पसले कक्षा आठमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि ४ दिने विज्ञान ओलम्पियाड कार्यक्रम पनि प्रारम्भ भएको छ ।

Science Olympiad on Earth Friendly Practices fo Climate Sustainability कार्यक्रम को पहिलो दिन बुधबार सहभागी विद्यार्थीहरूलाई कार्यक्रमको रुपरेखाको बारेमा अभिमुखीकरण गराईएको थियो।
विज्ञान ओलम्पियडमा सहभागी ४० जना विद्यार्थीहरूलाई जलबायू परिवर्तन सम्बन्धमा विज्ञान शैक्षिक सामग्री निर्माण बक्तृत्वकला, चित्रकला र हस्तलेखन कला सम्बन्धि अभिमुखीकरण र प्रतियोगिताहरू सञ्चालन गरिनेछन्।

विज्ञान ओलम्पियाड ३ गतेदेखि ६ गतेसम्म क्याम्पसमा सञ्चालन हुनेछ। ओलम्पियड अन्तर्गत जलवायु परिवर्तन संग सांदर्भिक विज्ञान विषयका शैक्षिक सामग्रीहरू निर्माणका लागि कारखानाका विज्ञहरूको सहयोगमा कक्षा ८ मा अध्ययन गर्ने विद्यार्थीहरूका लागि २ दिने Theme based Design Challenge कार्यक्रम विहिवार सञ्चालन गरिने भएको छ।

विज्ञान ओलम्पियाडमा व्यास, म्याग्दे, रिसिङ र भानु गरि ४ पालिकाका गरी १६ शिक्षक र ४० विद्यार्थीहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस गन्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत

दमौली, असोज २ दमौलीको आदिकवि भानुभक्त क्याम्पस गन्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत भएको छ

आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष चुमानलाई आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड

दमौली, असोज २ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानलाई आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड प्रदान गरिएको छ

आजबाट सोह्र श्राद्ध सुरु

देवघाट, असोज २ प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष