एमालेमा फर्किएका श्रेष्ठले भनेः ‘कुनै लेनदेन भएको छैन, अब पार्टी बनाउन लाग्छु’

Devghat Online

शेयर गरौ

दमौली, फागुन ३

मंगलबार नेकपा एमालेमा फर्किएका नेकपा एकिकृत समाजबादीका पोलिट्व्युरो सदस्य तथा गन्डकी प्रदेश कमिटिका सचिव प्रतापलाल श्रेष्ठ बुधबार दिनभर व्यास नपा ३ स्थित एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानको भवनमा रहेको नेकपा एकिकृत समाजबादीका नेता तथा कार्यकर्तासँग छलफलमा बसे । एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका र खादा लगाएर पुनः एमालेमा फर्केको घोषणा गरेका श्रेष्ठ बुधबार राती नै दमौली आएका थिए ।

नेकपा एकिकृत समाजबादीको कार्यालयमा सो पार्टीका नेता तथा कार्यकर्ताहरुसँग श्रेष्ठले अव सबै जना एमालेमै जानु पर्ने भन्दै उनीहरुलाई सम्झाउन थालेका थिए । अर्का प्रभावशाली नेता शंकरनारयण श्रेष्ठसँगै पिएल श्रेष्ठ पनि एमालेमा फर्किएपछि धेरैले अचम्म मानेका थिए । किनकी पिएल श्रेष्ठ तत्कालिन नेकपा एमाले वा नेकपा कालमा समेत हाल नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधव नेपालको पक्षका नेता थिए । सोही कारण उनको एमाले फिर्तिलाई धेरैले अचम्म मानेका थिए । श्रेष्ठ एमालेमा फर्किने बारेमा श्रेष्ठ निकट समाजबादीका जिल्ला स्तरीय नेताहरुलाई पनि कुनै सुइँको पनि थिएन । एमालेका नेताहरुले पनि दिउँसो फेसबुकबाट नै थाह पाएका थिए ।

सोही कारण आफुसँग गुनासो गरेका नेता तथा कार्यकर्ताहरुलाई सम्झाउँदै श्रेष्ठले अव एमालेमा जानुको कुनै विकल्प नभएको बताए । नेकपा एकिकृत समाजबादी काँग्रेस र माओवादी केन्द्रको भरिया मात्र भएको भन्दै अव कम्युनिष्ट आन्दोलनको रक्षाकोलागि एमालेमा जानुको विकल्प नभएको बताएका थिए । श्रेष्ठले नेकपा एकिकृत समाजबादीको सिङ्गो जिल्ला कमिटि नै एमालेमा समाहित गराउने बारेमा छलफल सुरु गरेका छन् ।

लोकवाणीसँग कुरा गर्दै श्रेष्ठले अव नेकपा एकिकृत समाजबादीको जिल्ला कमिटि नै समाजबादीमा बिलय गराउने बारेमा आफुले बुधबार दिनभर पार्टी कार्यालयमा नेताहरुसँग छलफल गरेको बताए । केही दिनभित्रैमा रिजल्ट आउने भन्दै धेरै भन्दा धेरै कार्यकर्तालाई अव एमालेमा ल्याउने बताए ।

नेकपा एसका जिल्ला कमिटिका अध्यक्ष काजिमान श्रेष्ठलाई जानकारी गराएर नै आफुहरु एमालेमा फर्किएको दावी गर्दै प्रतापलाल श्रेष्ठले जिल्ला अध्यक्ष काजिमान श्रेष्ठ पनि एमालेमा फर्किने बारेमा सकारात्मक रहेको बताए ।

आफुहरु एमालेमा आउँदा कुनै लेनदेनको सम्झौता नगरेको श्रेष्ठले दाबी गरे । ‘एमालेको नेतृत्वसँग पदिय लेनदेन र जिम्मेबारीको बारेमा कुनै सम्झौता भएको छैन’ श्रेष्ठले भने ‘पार्टीले जुन जिम्मेबारी दिन्छ, त्यही अनुसार काम गर्ने हो ।’ अब एमालेलाई तनहुँमा पहिलो पार्टी बनाउने गरि काम गर्ने श्रेष्ठले बताए ।

 

श्रेष्ठ एमालेमा रहँदा पनि कुशल संगठक मानिन्थे । उनले एमाले तनहुँको दुई कार्यकाल पार्टी प्रमुखको जिम्मेबारी समेत सम्हालेका थिए । श्रेष्ठद्वयको एमाले फिर्तिसँगै नेकपा एस तनहुँमा थप कमजोर भएको छ भने जिल्ला कमिटि नै बिलय हुने अवस्था सिर्जना भएको छ ।

लोकवाणी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट सार्वजानिक पुस्तकालयलाई मैयादेवी ट्रष्टको १ लाख १० हजार सहयोग

देवघाट, मंसिर २५ देवघाट गाउँपालिका–५ मा निर्माणाधिन देवघाट सार्वजानिक पुस्तकालय निर्माणकोलागि चितवन स्थित मैयादेवी ट्रष्टले

जिल्ला सभागृह सन्चालनको जिम्मेबारी व्यास नरपालिकाले लिने

दमौली, मंसिर २३ जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जिल्ला सभागृहको सन्चालनको जिम्मेबारी व्यास नगरपालिकाले लिने