औषधी व्यवसायी संघ तनहुँको अध्यक्षमा पाण्डे

Devghat Online

शेयर गरौ

दमौली, फागुन १४

नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा तनहुँको अध्यक्षमा दयाराज पाण्डे निर्वाचित भएका छन् । संघको सोमबार सम्पन्न पन्ध्रौं साधारण सभा तथा पाँचौं अधिवेशनले पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

संघको बरिष्ठ उपाध्यक्षमा सुन्दर बस्याल, थोक उपाध्यक्षमा विनोद अधिकारी, खुद्रा उपाध्यक्षमा सूर्य बहादुर थापा, महासचिवमा विनय श्रेष्ठ, सचिवमा ऋषिकान्त गिरी, कोषाध्यक्षमा देवीभक्त राना, सह–कोषाध्यक्षमा धर्मदक्त पौडेल लगायत ३ जना सदस्यहरु निर्वाचित भएका छन् ।

शाखाका अध्यक्ष राजु दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै न्यौपानेले औषधी व्यवसाय जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्र भएको भन्दै यस पेशामा संलग्न व्यक्तिहरु बढी जिम्मेवार र चनाखो हुनुपर्ने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला प्रहरी प्रमुख अपिलराज बोहरा, एनसिडिय गण्डकी प्रदेश अध्यक्ष कृष्ण प्रसाद पाण्डे, तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष बैकुण्ठनाथ मिश्र लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।