दुग्ध उत्पादक किसानहरुद्वारा आन्दोलनका कार्यक्रमहरुको घोषणा

Devghat Online

शेयर गरौ

दमौली, फागुन १४

तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले दुग्ध उत्पादक किसानको मागहरुको सुनुवाई नभएको भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
जिल्ला स्थित विभिन्न सहकारी संस्थाको प्रतिनिधिहरुको संयुक्त टोलीले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ज्ञापन पत्र बुझाएका थिए ।

केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले दुधको भुक्तानी, मिल्क होलिडे, दुध तथा दुग्धजन्य पदार्थको आयात, लागत मूल्य घटाउने जस्ता विषयमा पटक पटक नेपाल सरकारसँग छलफल गरी कार्यान्वयन गर्ने निर्णय गरेता पनि त्यसको कार्यान्वयन नभएकाले आन्दोलनमा जानुपरेको तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष अम्मर बहादुर कुँवरले बताए ।

दुध जस्तो संवेदनशिल बस्तुमा सरकारको यस प्रकारको वेवास्ताले किसानहरु हतोत्साहित एवं धरासायी बन्दै गएको भन्दै केन्द्रीय दुग्ध सहकारी संघ लि.ले चरणबद्ध आन्दोलनको कार्यक्रमको घोषणा गरेको र सो कार्यक्रमलाई ऐक्यवद्धता जनाउँदै तनहुँमा पनि ज्ञापन पत्र बुझाइएको संघका प्रमुख सल्लाहकार तुलसीराम सापकोटाले बताए ।

संघले निर्धारण गरेको पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत फागुन १४ गते जिल्ला प्रशासन कार्यालयमा धर्ना सहित ज्ञापन पत्र बुझाइएको र फागुन १७ गते ११ बजेबाट १ बजेसम्म दुई घण्टा पृथ्वी राजमार्गमा चक्काजाम गर्ने र २१ गतेबाट केन्द्रीय दुग्ध सहकारीसँग केन्द्रीकृत भई आन्दोलन गर्ने संघका अध्यक्ष कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को