निषेधित औषधी सहित तिन जना पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, फागुन १४

तनहुँ प्रहरीले निषेधित औषधी सहित तिन जनालाई पक्राउ गरेको छ । गत फागुन १२ गते दिउँसो आँबुखैरेनी गाउँपालिका वडा–४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडकखण्डमा सवारी साधनहरु चेकजाँचको लागी खटिएको प्रहरी टोलीले मुग्लिङबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग २० प ५४९९ नम्बरको मोटरसाइकललाई आबुखैरेनी गाउँपालिका–२ ट्राफिकचोकमा रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकल पछाडी सवार जिल्ला गोरखा पालुङटार नगरपालिका–८ का २३ बर्षिय आशिष पाण्डेले भिरेको झोलाभित्र लुकाई राखेको अवस्थामा ट्रामाडोल लेखिएको ३० वटा पत्ता (९०० ट्याब्लेट) र अनार्गन लेखिएको १८ वटा पत्ता (९०० ट्याब्लेट) फेला परेको हुँदा उक्त निषेधित औषधी वरामद गरी निज पाण्डे र मोटरसाइकल चालक जिल्ला गोरखा पालुङ्टार नगरपालिका–८ का १९ बर्षिय आश्विन पाण्डेलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई गत २०७५ साउन २४ गतेको नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय औषधी व्यवस्था विभागको निर्णय अनुसार आवश्यक कारवाहीको लागी औषधी व्यवस्था बिभाग बिजुलीवजार काठमाण्डौ पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरि सोही दिन आँबुखैरेनी गाउँपालिका–४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा सवारी साधनहरु चेकजाँचको लागी खटिएको प्रहरी टोलीले मुग्लिङ तर्फबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग १ ख ४३०९ नम्बरको माईक्रो बसलाई रोकी चेकजाँच गर्ने क्रममा माईक्रो बसमा पार्सलको रुपमा नियन्त्रित औषधी ट्रामाडोल लेखिएको ९ पत्तामा २७० ट्याब्लेट आबुखैरेनी गाउँपालिका–१ बरादी बस्ने बर्ष २३ को सनिस गुरुङले पाउने गरी पठाएको अवस्थामा फेला परेको हुँदा उक्त औषधी खरिद गर्ने सनिस गुरुङलाई जिल्ला तनहुँ बन्दिपुर गाउँपालिका–५ याम्पाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गुरुङलाई पनि गत २०७५ साउन २४ गतेको नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय औषधी व्यवस्था विभागको निर्णय अनुसार आवश्यक कारवाहीको लागी औषधी व्यवस्था बिभाग काठमाण्डौ पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म