दमौली, फागुन १४
नेपाल पत्रकार महासंघ तनहुँको आयोजनामा नेपाल तथा भारतको पर्यटकीय स्थलहरु इलाम तथा दार्जलिङ र सिक्किमको अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको छ ।
तनहुँको पर्यटकीय स्थल र सम्भावनाहरुको बारेमा जानकारी गराउने र त्यस क्षेत्रको पर्यटकीय स्थलहरुको जानकारी गराउने उद्देश्यले सो भ्रमण आयोजना गरिएको पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले बताए ।
भ्रमणको क्रममा इलामको कन्याम स्थित चिया बगान तथा भारतको दार्जलिङमा रहेका पर्यटकीय स्थलहरु, आदिकवि भानुभक्त आचार्यको प्रतिमा रहेको चौरस्ता तथा सिक्किम राज्यको विभिन्न पर्यटकीलहरुको अध्ययन तथा अवलोकन गरिएको थियो ।
भ्रमणको क्रममा तनहुँको प्रमुख पर्यटकीय स्थल बन्दिपुरको बारेमा पनि दार्जलिङ र सिक्किमका विभिन्न अगुवाहरु, पर्यटन व्यवसायी तथा होटल व्यवसायीहरुलाई जानकारी गराईएको थियो । साथै भ्रमणको छिमेकी देश भारतको सिक्किम राज्यको सन्चार माध्यमको अवस्थाको बारेमा पनि जानकारी लिईएको थियो ।
सो भ्रमणमा पत्रकार महासंघ तनहुँका अध्यक्ष एवं तनहुँ उद्घोष दैनिकका उज्वल पौडेल, पुर्व अध्यक्षहरु दमौली एक्सप्रेस साप्ताहिकका प्रदिप काफ्ले, सुकृती साप्ताहिकका प्रेमप्रसाद पौडेल, लोकवाणी दैनिकका प्रकाशचन्द्र भट्टराई, सेतीमादी दैनिकका डम्बर अधिकारी, निवर्तमान अध्यक्ष मादिसेती प्रवाह दैनिकका ओमकार आचार्य, महासंघका सल्लाहाकार खबरपुन्ज अनलाइनका गोरा मियाँ, पुर्व सल्लाहाकार तनहुँ आवाज साप्ताहिकका ऋषिराम पोख्रेल, पत्रकार महासंघ तनहुँका उपाध्यक्ष रेडियो बन्दिपुरका डिपी अधिकारी, पत्रकार महासंघका सचिव प्रताप राना, प्रादेशिक खबरका मदन वाग्ले, भन्ज्याङ दैनिकका नारयण खड्का, दमौली एफएमका अमरराज नहर्की, मादिसेती एफएमका राजेश्वर हड्खले, जनचाहाना डटकमका सानेबहादुर नेपाली, खबरबाटिका साप्ताहिकका किरण श्रेष्ठ, इबाराही डटकमकी सुनिता आचार्य, मानुङपोष्ट डटकमका उपेन्द्र खनाल, मध्यनेपाल अनलाइनका सागर गिरी, भन्ज्याङ अनलाइनकी सम्झना रसाईली, दमौली अनलाइनका पवन पौडेल, मेरो प्रदेश अनलाइनका सविन लामिछाने, जनाधार अनलाइनका रामबहादुर घले परियार, तनहुँ तरङ्ग अनलाइनका सुरेश सुनार, प्रादेशिक खबरकी शिला वाग्ले गरि २५ जनाको सहभागिता रहेको थियो ।