नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको महासचिवमा दुर्गा र कोषाध्यक्षमा तारारामको उम्मेदवारी

Devghat Online

शेयर गरौ

दमौली, फागुन १४

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय महासचिवमा दुर्गाकुमार श्रेष्ठ र कोषाध्यक्षमा ताराराम श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

महासंघको यहि फागुन १८ र १९ गते काठमाडौंमा हुने महासंघको सातौं राष्ट्रिय महाधिवेशनमा तनहुँका व्यवसायीहरु श्रेष्ठद्वयले क्रमशः महासचिव र कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
आफुले निरन्तरताकोलागि मात्र नेतृत्व हैन, गतिशिल र ओजपुर्ण नेतृत्व आजको आवश्यकता भएको भन्दै दुर्गाकुमार श्रेष्ठले महासचिवमा उम्मेदबारी दिने तयारी गरेको बताए । श्रेष्ठले यस अघि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ तनहुँ जिल्लाको अध्यक्ष र गन्डकी प्रदेशको पनि अध्यक्षको जिम्मेबारी पुरा गरिसकेका छन् ।

तनहुँ जिल्ला र गन्डकी प्रदेशको सफलता पुर्वक नेतृत्व गरिसकेको र अव महासंघलाई केन्द्रिय स्तरमा कुशलतापुर्वक नेतृत्व गर्न आफुले उम्मेदबारी दिने श्रेष्ठले बताए । श्रेष्ठले महासंघको महाधिवेशनमा हुने निर्वाचनमा महासचिव पदमा आफुलाई बिजयी बनाउन सम्पुर्ण प्रतिनिधिहरुलाई अनुरोध गरेका छन् ।

यसैगरि महासंघको केन्द्रीय कोषाध्यक्षमा उम्मेदबारी दिने घोषणा गरेका ताराराम श्रेष्ठले गुणस्तरीय उत्पादन, मर्यादित व्यापार, नीति निर्माणमा पहुँच, सांगठनिक आधार भन्ने नारा लिएर चुनावी मैदानमा होमिएको बताएका छन् ।

तारारामले पनि तनहुँ पुस्तक तथा स्टेशनरी संघको अध्यक्ष तथा महासंघको केन्द्रीय सदस्यको कुशलता पुर्वक अनुभव समेत लिईसकेका छन् । श्रेष्ठले कोषाध्यक्ष पदमा आफुलाई बिजयी बनाउन सम्पुर्ण प्रतिनिधिहरुलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।