एमाले चितवनको ‘जनतासँग एमाले’ अभियान सुरु

Devghat Online

शेयर गरौ

चितवन, फागुन १४

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी संगठनलाई मजवुत बनाउन भन्दैं आजदेखि जनतासँग एमाले अभियान सुरु गरेको छ । एमाले संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले चितवनका ७ वटै पालिकाका अध्यक्ष एवम् इन्चार्जहरुलाई डेढ महिने कार्ययोजनासहित माइन्यूट् हस्तान्तरण गरे ।

पालिका अध्यक्षहरुले हरेक वडा वडामा योजनावद्ध कार्यक्रमहरुसहितका माइन्यूटस् लैजानेछन् । एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले वडाको सम्र्पूण लगतसहितको विवरण आउने, एमालेलाई वडा वडामा क्रियाशील गराएर जनतासँग जोड्न प्रभावकारी हुने विश्वास पार्टीले लिएको बताए ।

जिल्लाका ९८ वटै वडामा एमालेले वडा संयोजक र सहसंयोजकहरु तोकेर जिम्मेवारी प्रदान गरेको छ । विभिन्न सूचकहरुको फारमसमेत वडामा पठाइएको एमाले चितवनका अध्यक्ष न्यौपानेले बताए । कार्यक्रममा समाजवादी प्लानर डा. आरसी लामिछानेले सकारात्मक सोच तथा एमालेले गर्नुपर्ने दायित्व र जिम्मेवारीहरुका बारेमा आफ्नो प्रस्तुतिकरण दिएका थिए ।

कार्यक्रममा एमाले पोलिट्ब्यूरो सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्यहरु जगन्नाथ थपलिया, प्रभा बराल, यमबहादुर परियार, शिवकुमारी गोतामे लगायत प्रदेश कमिटीका नेताहरुको उपस्थिती रहेको थियो ।

एमाले सचिव प्रकाश खनाल शैलेसले सञ्चालन गरेको कार्यक्रममा एमाले चितवनका उपाध्यक्ष कमलराज पाठकले स्वागत मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि