घिरिङमा आयोजित आँखा जाँच शिविरमा २१५ जनाको निशुल्क आँखा परिक्षण

Devghat Online

शेयर गरौ

दमौली, फागुन १५

घिरिङ गाउँपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योती संघ र कालिगन्डकी आँखा उपचार केन्द्र रामपुर पाल्पाको प्राविधिक सहयोगमा मंगलबार घिरिङ गाउँपालिका–३ स्थित घिरिङ सुन्धारा स्वास्थ्य चौकीमा आयोजित निशुल्क आँखा जाँच शिविरमा २१५ जनाको स्वास्थ्य परिक्षण भएको छ ।

सो शिविरको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले उद्घाटन गरेका थिए । शिविरमा आँखा सम्बन्धि समस्याहरुको जाँच, निशुल्क औषधी वितरण, मोतीबिन्दु भएका विरामीहरुको निशुल्क अपरेशनको व्यवस्था तथा आँखा कमजोर भएका ६५ जना विरामीलाई निशुल्क चश्मा समेत वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख कृष्णप्रसाद रिमालले बताए । परिक्षणको क्रममा मोतीबिन्दु भएका ४२ जना र जलविन्दु भएका १ जना भेटिएको थियो ।

आँखा जाँच शिविरमा मोतीबिन्दुको समस्या देखिएका विरामीहरुलाई आगामी फागुन २३ गते वडा नम्बर ३ स्थित घिरिङसुन्धारा स्वास्थ्य चौकीमा निशुल्क अपरेशनको व्यवस्था गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख रिमालले बताए ।

वडा नम्बर ३ का अध्यक्ष तहलसिंह थापाको अध्यक्षतामा आयोजित सो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थापा, निवर्तमान अध्यक्ष रनबहादुर रानाले मन्तव्य राखेका थिए । सो कार्यक्रममा एमाले नेता नरबहादुर थापा, गाउँकार्यपालिका सदस्य पार्वती विक, पृथ्वी श्रेष्ठ, वडा सदस्य लोकबहादुर गुरुङ, कालिगन्डकी आँखा उपचार केन्द्रका व्यवस्थापक सुन्दर राना, नेत्र सहायक अर्चना राना लगायतको सहभागिता रहेको थियो ।

त्यसैगरि फागुन १९ गते शनिबार वडा नम्बर १ स्थित कृष्ण माविको प्राङ्गणमा निशुल्क आँखा जाँच शिविरको आयोजना गरिएको छ । सो शिविरमा पनि आँखा सम्बन्धि समस्याहरुको जाँच, निशुल्क औषधी वितरण, मोतीबिन्दु भएका विरामीहरुको निशुल्क अपरेशनको व्यवस्था तथा आँखा कमजोर भएका विरामीलाई निशुल्क चश्मा समेत वितरण गरिने स्वास्थ्य शाखाका प्रमुख कृष्णप्रसाद रिमालले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती