वडा कार्यालयमा स्तनपान कक्ष

Devghat Online

शेयर गरौ

दमौली, फागुन १६

म्याग्दे गाउँपालिकाको वडा नम्बर ५ को कार्यालयमा स्तनपान कक्ष निर्माण गरिएको छ । वडा कार्यालयमा आउने सेवाग्राही सुत्केरी तथा स्तनपान गर्ने बालबालिकाका स्तनपान गराउन सहज वातावरणकोलागि उक्त कक्ष निर्माण गरिएको वडा अध्यक्ष शिवबहादुर आलेले बताए । उक्त स्तनपान कक्षको निर्माणपछि आमा तथा बालबालिकालाई सहज भएको वडा अध्यक्ष आलेले बताए ।

म्याग्दे गाउँपालिकाले पालिका भित्रका सातवटै वडा कार्यालयमा यसै आर्थिक वर्ष भित्र स्तनपान कक्ष निर्माण गरिसक्ने लक्ष्य लिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख तिलकराज घिमिरले बताए । पहिलोपटक वडा नम्बर ५ मा उक्त कक्ष निर्माण गरिएको भन्दै घिमिरेले अव यसै आर्थिक वर्ष भित्र सबै वडा कार्यालयमा उक्त कक्ष निर्माण गरिसक्ने घिमिरेले बताए ।

यसैगरि जतिसक्दो चाँडै गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालय, स्वास्थ्य चौकी, बैंक तथा वित्तिय संस्था तथा सबै सरकारी कार्यालयमा स्तनपान कक्ष निर्माण गर्ने घिमिरेले बताए ।

म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गाउँपालिकाको स्वास्थ्यको कार्यक्रम अन्तर्गत सबै वडा कार्यालय तथा सबै सरकारी कार्यालयमा स्तनपान कक्ष निर्माण गर्ने नीति अन्तर्गत वडा नम्बर ५ बाट उक्त कार्यक्रम सुरु भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

रोम विधान अनुमोदनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्रः दण्डहीनताको अन्त्य र पीडितको न्याय सुनिश्चित गर्न जोड

​पोखरा । साउन १ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको अगुवाइ तथा नेपाल पत्रकार