वडा कार्यालयमा स्तनपान कक्ष

Devghat Online

शेयर गरौ

दमौली, फागुन १६

म्याग्दे गाउँपालिकाको वडा नम्बर ५ को कार्यालयमा स्तनपान कक्ष निर्माण गरिएको छ । वडा कार्यालयमा आउने सेवाग्राही सुत्केरी तथा स्तनपान गर्ने बालबालिकाका स्तनपान गराउन सहज वातावरणकोलागि उक्त कक्ष निर्माण गरिएको वडा अध्यक्ष शिवबहादुर आलेले बताए । उक्त स्तनपान कक्षको निर्माणपछि आमा तथा बालबालिकालाई सहज भएको वडा अध्यक्ष आलेले बताए ।

म्याग्दे गाउँपालिकाले पालिका भित्रका सातवटै वडा कार्यालयमा यसै आर्थिक वर्ष भित्र स्तनपान कक्ष निर्माण गरिसक्ने लक्ष्य लिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख तिलकराज घिमिरले बताए । पहिलोपटक वडा नम्बर ५ मा उक्त कक्ष निर्माण गरिएको भन्दै घिमिरेले अव यसै आर्थिक वर्ष भित्र सबै वडा कार्यालयमा उक्त कक्ष निर्माण गरिसक्ने घिमिरेले बताए ।

यसैगरि जतिसक्दो चाँडै गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालय, स्वास्थ्य चौकी, बैंक तथा वित्तिय संस्था तथा सबै सरकारी कार्यालयमा स्तनपान कक्ष निर्माण गर्ने घिमिरेले बताए ।

म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गाउँपालिकाको स्वास्थ्यको कार्यक्रम अन्तर्गत सबै वडा कार्यालय तथा सबै सरकारी कार्यालयमा स्तनपान कक्ष निर्माण गर्ने नीति अन्तर्गत वडा नम्बर ५ बाट उक्त कार्यक्रम सुरु भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म