नेकपा एमाले बन्दिपुरको सचिवमा श्रेष्ठ

Devghat Online

शेयर गरौ

बन्दिपुर, फागुन १६

नेकपा एमाले बन्दिपुर गाउँ कमिटिको सचिवमा रवि श्रेष्ठ चयन भएका छन् । बुधबार सन्पन्न गाउँ कमिटिको बैठकले रिक्त रहेको गाउँ पालिका कमिटिको सविचमा श्रेष्ठलाई चयन गरेको हो । श्रेष्ठ बन्दिपुर गाउँपालिका वडा नम्बर ४ का निर्वाचित वडा सदस्य समेत हुन् । उनी राष्ट्रिय युवा संघको पुर्व केन्द्रिय सदस्य समेत हुन् ।

गाउँ कमिटिका अध्यक्ष सुरेन्द्र थापाको अध्यक्षतामा सम्पन्न सो बैठकमा नेकपा एमाले गन्डकी प्रदेश कमिटिका पुर्व सचिवालय सदस्य विष्णुभक्त सिग्देल, पुर्व प्रदेश कमिटिका सदस्यहरु श्रीराम कार्की, इन्द्रबहादुर कुँवर, जिल्ला कमिटिका सदस्यहरु शान्ति कुँवर, सविना मल्ल, काशिनाथ भट्टराई, दिपक खाती लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले