चौथो ऋषिङ अध्यक्ष कपको उपाधी गल्कोटलाई

Devghat Online

शेयर गरौ

दमौली, फागुन १६

चौथो ऋषिङ अध्यक्ष कप २०८०, अन्तर पालिका खुला पुरूष भलिबल प्रतियोगिता सम्पन्न भएको छ। उक्त प्रतियोगिताको उपाधी बाग्लुंगको गल्कोट नगरपालिकाले हात पारेको छ ।

११ टिमको सहभागिता रहेको सो खेलको फाइनल खेल गलकोट नपा र तनहुँको शुक्लागण्डकी न पा बीच भएको थियो। वेस्ट अफ फाइभमा शुक्लागण्डकी नपा लाई हराउँदै गलकोट न।पा।ले रु १,८७,००० पुरस्कार सहितको उपाधि जितेको छ।

ऋषिङ गाउँपालिका ४, थप्रेकमा सञ्चालन भएको प्रतियोगिताको समापन कार्यक्रमको अध्यक्षता ऋषिङ २ वडा अध्यक्ष एवम खेलकुद समिति संयोजक दल बहादुर थापाले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको व्यास नगरपालिका नगर प्रमुख वैकुण्ठ न्यौपाने रहनुभएको थियो । विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ, निवर्तमान जी स स सदस्य निल बहादुर थापा लगाएत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले