भरतपुर भ्रमण वर्षको उद्घाटनमा प्रधानमन्त्री प्रचण्ड सहित पाँच पुर्व प्रधानमन्त्री आउने

Devghat Online

शेयर गरौ

भरतपुर, फागुन १७

भरतपुर महानगरपालिकाको आयोजनामा शुक्रबार हुने भरतपुर भ्रमण वर्ष-२०२४ को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित पाँच पुर्व प्रधानमन्त्री पनि आउने भएका छन् ।

‘घुमौँ भरतपुर’ भन्ने नारासहित हुन लागेको भरतपुर भ्रमण वर्ष २०२४ को भोलि शुक्रबार औपचारीक रुपमा उद्घाटन गरिँदै छ ।

नारायणी नदी किनारमा भव्य कार्यक्रम गरेर उद्घाटन हुने भ्रमण वर्ष २०२४ को उद्घाटनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने आजै चितवन आउँदै छन् ।

कार्यक्रममा प्रधानमन्त्री प्रचन्ड सहित पुर्व प्रधानमन्त्रीहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा एसका सम्मानित नेता झलनाथ खनाल र मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मी पनि भरतपुर आउने भएका छन् ।

उद्घाटन कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइलाई पनि निमन्त्रणा दिईएपनि भट्टराई उपस्थित हुनेछैनन् ।

भ्रमण वर्षको उद्घाटन कार्यक्रममा करिब ५० हजार जना उपस्थित हुने महानगरको अनुमान छ । उद्घाटनअघि भरतपुरको चौविसकोठीबाट नारायणी नदी किनारसम्म विशाल र्‍याली निकालिँदै छ ।

भरतपुर भ्रमण वर्षमा पाँच लाख आन्तरिक र दुई लाख बाह्य पर्यटक भित्राउने लक्ष्य राखिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।