सचिन स्मृति खुल्ला दौड प्रतियोगिता हुने

Devghat Online

शेयर गरौ

दमौली, फागुन १७

रोटर्याक्ट क्लव अफ दमौलीले यस वर्ष पनि सचिन स्मृति खुल्ला दौड प्रतियोगिता गर्ने भएको छ । क्लवले हरेक बर्ष आयोजना गर्दै आएको खुल्ला दौड प्रतियोगिता यस वर्ष फागुन १९ गते शनिबार सचिन स्मृति दिवसको अवसरमा गरिने क्लवले जनाएको छ । उक्त प्रतियोगितामा भाग लिन ४८ जना धावकले नाम दर्ता गराइसकेको क्लबका अध्यक्ष अनुज बिमलीले जानकारी दिए ।

प्रतियोगितामा ७० देखि ८० जना धावकहरुको सहभागिता रहने विश्वास गरिएको क्लवका सचिव उमेश पौडेलले जानकारी दिएका छन् । उक्त दिन २ वटा एम्बुलेन्स, ३ वटा बस, सुरक्षा निकाय र ट्राफिक प्रहरीको भ्यान धावकसँगसँगै हुने कार्यक्रमका संयोजक यम बतासले बताए ।

दमौलीदेखि छाब्दीसम्मको ९ किलोमिटरमा उक्त दौड प्रतियोगिता हुने क्लबले जनाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकहरुलाई क्रमशः १५ हजार, १२ हजार र ८ हजार नगदका साथै मेडल र प्रमाणपत्र उपलब्ध गराइने छ बतासले भने । अनसन चौतारीबाट सफा सडक, पृथ्वी राजमार्ग, गल्बुवेसी, भादगाउँ हुँदै छाब्दी बाराहीमा पुगेर दौडको समापन गरिने छ ।

उक्त प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, भूपू सैनिक क्लब, भारतीय सैनिकमा आबद्ध व्यक्तिहरुलाई सहभागी गराइने छैन । महर्षि वेदव्यासको जन्मस्थल व्यास गुफा र धार्मिक पर्यटकीय स्थल छाब्दी बाराही बिचको सम्बन्ध सुदृढ बनाई पर्यटक प्रबद्र्धन गर्ने उद्देश्यले दौड प्रतियोगिता आयोजना गरिएको हो ।

दौड प्रतियोगिताको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गर्ने छन भने प्रतियोगिताको समापन प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गर्ने सो क्लबले जनाएको छ ।

क्लवका सदस्य सचिन श्रेष्ठको स्मृति दिवसको सन्दर्भमा क्लवले हरेक वर्ष फागुन १९ गते दौड प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक