दुग्ध उत्पादक कृषकहरुद्वारा पृथ्वीराजमार्गमा चक्काजाम

Devghat Online

शेयर गरौ

दमौली, फागुन १७

आफ्ना मागहरु सुनुवाई नभएको भन्दै तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले पृथ्वीराजमार्ग राजमार्ग अवरुद्ध गरेको छ । विहिबार संघमा आवद्ध कृषकहरुले संघको कार्यालयबाट जुलुसमा गई दुई घन्टा पृथ्वीराजमार्ग अवरुद्ध गर्दै कोणसभा समेत गरेका छन् ।

कोणसभामा बोल्दै तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष अम्मर बहादुर कुँवरले केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले दुधको भुक्तानी, मिल्क होलिडे, दुध तथा दुग्धजन्य पदार्थको आयात, लागत मूल्य घटाउने जस्ता विषयमा पटक पटक नेपाल सरकारसँग छलफल गरी कार्यान्वयन गर्ने निर्णय गरेता पनि त्यसको कार्यान्वयन नभएकाले आन्दोलनमा जानुपरेको बताए ।

दुध जस्तो संवेदनशिल बस्तुमा सरकारको यस प्रकारको वेवास्ताले किसानहरु हतोत्साहित एवं धरासायी बन्दै गएको भन्दै केन्द्रीय दुग्ध सहकारी संघ लि.ले चरणबद्ध आन्दोलनको कार्यक्रमको घोषणा गरेको र सो कार्यक्रमलाई ऐक्यवद्धता जनाउँदै तनहुँमा आन्दोलन गरिएको कुँवरले बताए ।

मिल्क होली डे को अन्त्य र दुधको रकम अविलम्व भुक्तानिका लागि भन्दै जिल्ला स्थित अठार वटा दुग्ध उत्पादक सहकारी संस्थाका प्रतिनिधि लगायत किसानहरुको जुलुस सहित दमौली बजारमा नाराबाजी सहित पृथ्वी राजमार्गको दमौली भोर्लेटारचोकमा जक्काजाम तथा कोणसभा गरेका हुन् । संघले निर्धारण गरेको पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत यसअघि गत फागुन १४ गते जिल्ला प्रशासन कार्यालयमा धर्ना सहित ज्ञापन पत्र बुझाइएको थियो ।

कोण सभालाई तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष अम्मर बहादुर कुँवर, जिल्ला सहकारी संघका अध्यक्ष प्रदिपराज अधिकारी, दुग्ध संघका प्रमुख सल्लाहकार तुलसीराम सापकोटा सम्बोधन गरेका थिए भने जिल्ला स्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको समेत ऐक्यबद्धता समेत जनाएका थिए ।

किसानहरुले उत्पादन गरेको दुध तथा दुग्धजन्य पदार्थको रकम अविलम्व भुक्तानी गर्न यो सरकारले आनाकानी गरेकाले किसानहरू अत्यन्तै मर्कामा परेको भन्दै केन्द्रीय दुग्ध सहकारीको आन्दोलनलाई समर्थन गरिएको जिल्ला सहकारी संघका अध्यक्ष प्रदिपराज अधिकारीले बताए ।

दुध जस्तो संवेदनशिल बस्तुमा पनि सरकार चुपचाप रहेको भन्दै किसानहरुलाई यस्तै गरि वेवास्ता गरिए देशभरी रहेका किसानका गाईभैंसी सिंहदरवार लगेर हुलिने संघका प्रमुख सल्लाहकार तुलसीराम सापकोटाले चेतावनी दिए ।

अझै पनि सरकारले आफ्ना मागहरु सुनुवाई नगरे फागुन २१ गतेबाट देशभरिका ६५ वटा संघको उपस्थितीमा केन्द्रीय सहकारी संघसँग केन्द्रीकृत गरी थप आन्दोलनका कार्यक्रम अगाडि बढाउने कुंबरले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले