भानु जन्मस्थललाई संघीय सरकार मातहत नै सन्चालन गर्न सांसद न्यौपानेको ध्यानाकर्षण

Devghat Online

शेयर गरौ

काठमाडौं, फागुन १७

राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले राष्ट्रिय विभुती आदिकवि भानुभक्त आचार्यको सम्मानमा गठित आदिकवि भानुभक्त जन्मस्थल विकास समितिलाई संघीय सरकार मातहत नै सन्चालन गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

राष्ट्रिय सभाको विहिबारको बैठकको शुन्य समयमा बोल्दै सांसद न्यौपानेले संघीय सरकारले हालै स्थानीय तहलाई जिम्मा लगाएको आदिकवि भानुभक्त जन्मस्थल विकास समिति संघीय सरकार मातहत नै ल्याउन सरकारको ध्यानाकर्षण गराएकी हुन् । राष्ट्रिय विभुती आदिकवि भानुभक्त आचार्यको जन्मस्थलको प्रचार प्रसार तथा प्रबद्र्धनको लागि सरकारले यथेष्ट बजेट उपलब्ध गराउनु पर्ने तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा भानुजन्मस्थलको प्रचार प्रसार गर्नु पर्ने सांसद न्यौपानेले बताइन् ।

गत माघ २५ गतेको मन्त्रिपरिषदको बैठकले आदिकवि भानुभक्त जन्मस्थल विकास समितिलाई स्थानीय तह मातहत ल्याउने निर्णय गरेको थियो । मन्त्रिपरिषदको बैठकले विकास समिति ऐन, २०१३ को दफा ३ बमोजिम गठन आदेशबाट गठित आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको सम्पत्ती, दायित्व, काम बाँकी रहेका परियोजना तथा कार्यरत जनशक्तिहरु समेत सम्बन्धित स्थानीय तहले स्वामित्व ग्रहण गर्ने गरि हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार आदिकवि भानुभक्त जन्मस्थल विकास समिति भानु नगरपालिका मातहत जाने भएको छ । सरकारको निर्णय पछि अव उक्त विकास समितिको सन्चालन तथा दायित्व भानु नगरपालिकाले जिम्मेबारी लिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले