मगर लिपी, भाषा, संस्कार र संस्कृति सम्बन्धि प्रशिक्षण शुरू

Devghat Online

शेयर गरौ

भिमाद, चैत १४

नेपाल मगर संघ भिमाद नगर समितिको आयोजनामा मगर लिपी, भाषा, संस्कार र संस्कृति सम्बन्धी ५ दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

भिमाद नगरपालिका भित्र रहेका स्थानिय मगर समुदायका व्यक्तिहरूलाई मगर लिपी, भाषा र संस्कृति सम्बन्धी जानकारी दिदै जगेर्ना गर्ने उद्देश्य सहित प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको नेपाल मगर संघ भिमादले जनाएको छ ।

पछिल्लो समय भाषा संस्कृति प्रति युवाहरुको रुचि घटेको भन्दै यसको महत्त्व र आवश्यकताको बारेमा सबैलाई जानकारी गराउने मात्र नभई प्रशिक्षित गराउदै यसको पुस्ता हस्तान्तरण गरिनुपर्ने मगर संघ गण्डकी प्रदेशका उपाध्यक्ष पवित्रा थापाले बताइन् ।

चैत्र १२ देखि १७ गते सम्म मगर समाज भवन शान्तिनगरमा सन्चालन हुने प्रशिक्षण कार्यक्रममा मगर भाषा प्रतिष्ठान गण्डकी प्रदेशका उपाध्यक्ष रुद्र श्रीसले प्रशिक्षण दिने नेपाल मगर संघ भिमादकी उपाध्यक्ष याम माया थापाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो