राष्ट्रिय युवा संघ भिमादले भलिबल प्रतियोगीता गर्ने

Devghat Online

शेयर गरौ

भिमाद, चैत १४

राष्ट्रिय युवा संघ भिमाद नगर कमिटीले अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पछिल्लो समय भिमाद नगरपालिका भित्र सक्रिय रुपमा सामाजिक र रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको राष्ट्रिय युवा संघले चैत्र १५ देखि १८ गतेसम्म भलिबल प्रतियोगिताको आयोजना गरेको राष्ट्रिय युवा संघ भिमादले जनाएको छ ।

प्रतियोगिताबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा विपन्न परिवारको घर निर्माण सहयोगार्थ, खेलकुद क्षेत्रको विकास, खेल पर्यटनको विकास साथै भिमादको चिनारीलाई उजागर गर्ने उद्देश्य सहित प्रतियोगिताको आयोजना गरेको राष्ट्रिय युवा संघ भिमादका अध्यक्ष बुद्धि बहादुर मल्ल (विजय) ले बताए ।

यस्तै प्रतियोगिताका संयोजक शिव आलेले प्रतियोगितामा भिमाद नगरपालिका साथै आसपासका म्याग्दे, ऋषिङ्ग, घिरिङ्ग, शुक्लागन्डकी तथा स्याङजाको हरिनाश गाउँपालिका र चापाकोट नगरपालिका भित्रका वडाहरू खेलमा सहभागी हुन पाउने बताए ।
भिमाद रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको नेकपा एमालेका स्थायी कमिटी सदस्य, गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री किरण गुरुङ्गले उत्घाटन गर्ने छन् ।

प्रतियोगितामा प्रथम, द्वित्तिय र तृतिय र सान्त्वना स्थान हासिल गर्ने समुहले क्रमश ७० हजार , ४० हजार , २० हजार र १० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएका छन् । यस्तै प्रतियोगितामा विभिन्न विधामा समेत पुरस्कारको व्यवस्था रहेको आयोजकले बताएका छन् ।

राष्ट्रिय युवा संघ यसअघि भिमाद नगरपालिका वडा नम्बर २ निवासी रेश बहादुर कुमालको घर निर्माण गरिदिएको थियो । हाल भिमाद नगरपालिका वडा नं ३ खेक्रेटारका देव बहादुर कुमालको घर बनाइरहेको छ । यस्तै प्रतियोगिताबाट सङ्कलित रकमबाट विपन्न परिवारहरुको आवास निर्माण गर्ने संघले बताएको छ ।

आजको पत्रकार सम्मेलन कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य दिना गोतामे, नेकपा एमाले भिमादका अध्यक्ष इमान बहादुर थापा, नेकपा एमाले भिमादका उपाध्यक्ष चतुर्भुज सुवेदी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दा अनियमितता भएको ठहर

देवघाट, जेठ ३१ देवघाट गाउँपालिकामा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दा अनियमिता भएको महालेखा परिक्षण

राष्ट्रिय परिचयपत्र दर्तामा भिड गर्नु पर्दैन, ‘भाद्र मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नविकरण गर्न सकिने’

दमौली, जेठ ३० गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागले भदौ मसान्तसम्म सामाजिक सुरक्षा