घिरिङमा धुलिखेल अस्पताल सन्चालन, कोरियाली दुतावासका उपप्रमुखद्वारा उद्घाटन

Devghat Online

शेयर गरौ

अन्जान परियार । घिरिङ चैत १४

घिरिङ गाउँ पालिका–१ पुट्टारमा धुलिखेल अस्पताल पुट्टार शाखाको औपचारिक रुपमा उद्घाटन भएको छ । गणतन्त्र कोरिया सरकारको सहयोगमा कोईका नेपालले तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारमा सन २०२० देखि २०२४ सम्मको अवधि ग्रामीण समुदायहरूको स्वास्थ्य र कृषि बाट आय आर्जन बढाउनको लागि ईआरसियान परियोजना सनचालन गर्दै आएको छ । दुर्गम र स्वास्थ्य सेवाबाट बन्चित नागरिकहरू लाई ध्यानमा राखेर त्यस्ता स्थानहरूमा स्वास्थ्य शाखा सन्चालन गर्दै आएको छ ।

अस्पताल उद्घाटन कार्यक्रममा धुलिखेल अस्पतालका डा. राम कन्थ मकाजु, गणतन्त्र कोरियाका नेपाल राजदुतावासका उपप्रमुख सुङ्घो काङ, सहमति संस्थाका सुवास सुवेदी, घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापा, उपाध्यक्ष राधादेवि अधिकारी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, वडा नम्वर १ का वडा अध्यक्ष रबि चन्द्र घोरासिनी, कृषि उपज संकलन केन्द्र सन्चालन समितिका अध्यक्ष दानबहादुर शाहीले स्वास्थ्य संस्था संचालन र कृषि उत्पादन बाट आय आर्जन बढाउन स्थानीय निकाय कृषकहरु र समितिहरू ईमान्दारीता र विश्वसनीयता साथ कृषि उपज संकलन केन्द्र बाट दैनिक कारोबार बढाउने प्रतिबद्धता जाहेर गरे ।

सोही दिन कृषि उपज संकलन केन्द्रको पनि उद्घाटन भएको छ । स्वस्थ र ताजा खाद्य वस्तु उत्पदान, कृषि उपजबाट आय आर्जनमा बृद्धि गराई नागरिकलाई आर्थिक हिसाबले पनि समृद्ध गराउने उद्देश्यका साथ सहमति संस्थाको सहकार्यमा सन्चालित कार्यक्रम अन्तर्गत सो कृषि उपज संकलन केन्द्र स्थापना गरिएको हो ।

उक्त कार्यक्रम अन्तर्गत २५ वटा कृषक समूह गठन गरि ५८८ घरधुरीलाई प्रत्यक्ष उत्पादनमा जोडेको छ भने अन्य परम्परागत सिप हरूलाई बढावा दिने, नयाँ सिपको सृजना गरि नयाँ ब्यवसाय थालनी गराएको छ । स्थानीय उर्बरा कृषि सहकारी र कालीगण्डकी कृषि सहकारी संस्था लाई सक्रिय, व्यबस्थापन र निति निर्माणमा सहयोग गर्दै सक्षम र योग्य सहकारी गराउनमा टेवा पु¥याएको छ ।

कोईका नेपालका परियोजना प्रबन्धक मिस्टर चोइले नेपालमा दुर्गम क्षेत्र तर मानव बस्ती भएका ठाउँमा विकास पुर्वाधार हरू तयार पार्न स्वास्थ्य सेवालाई स्थापना गरेको बताए । उनले नेपाल कृषि प्रधान देश भएर पनि कृषि क्षेत्रलाई रूपान्तरण गर्न थुप्रै समस्या हरु हुँदा कृषिलाई पनि प्राथमिकता दिएको बताए ।

कोरिया जनताहरु कडा मिहिनेतले विकशित देश हुन सफल भएको स्मरण गराउँदै नेपाललाई त्यस्तै उदाहरण दिँदै यहाँ आय आर्जनका लागि आवश्यक ज्ञान सिप दिईएको हुँदा त्यसैको प्रयोगले कृषि उत्पादनमा सहजता ल्याउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दा अनियमितता भएको ठहर

देवघाट, जेठ ३१ देवघाट गाउँपालिकामा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दा अनियमिता भएको महालेखा परिक्षण

राष्ट्रिय परिचयपत्र दर्तामा भिड गर्नु पर्दैन, ‘भाद्र मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नविकरण गर्न सकिने’

दमौली, जेठ ३० गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागले भदौ मसान्तसम्म सामाजिक सुरक्षा