देवघाटमा प्रतिबन्धित लागु औषध कारोबार गरेको आरोपमा एक पक्राउ

Devghat Online

शेयर गरौ

देवघाट, चैत १४

देवघाट गाउँपालिका–५ स्थित देवघाटधाममा प्रतिबन्धित लागु औषध कारोबार र प्रयोग गरेको आरोपमा प्रहरीले सोही वडाको भतेरीका २८ बर्षिय कृष्ण तामाङलाई बुधबार पक्राउ गरेको छ ।

तामाङले देवघाटमा विभिन्न प्रतिबन्धित लागु औषध विक्री वितरण गर्ने र प्रयोग समेत गर्ने स्थानीय बासिन्दाहरुको गुनासो आएपछि अनुसन्धानकोलागि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज कृष्णबहादुर बानियाँले बताए । तामाङले स्थानीय युवा तथा मजदुरहरुलाई लागु औषध विक्री गर्ने गरेको स्थानीय अभिभावकहरुले प्रहरी समक्ष गुनासो गरेका थिए ।

प्रहरीले यस अघि शंकास्पद स्थानमा पटक पटक खानतलासी गरेपनि आवश्यक प्रमाण नभेटाउँदा तामाङ कारवाहीबाट जोगिदैं आएको प्रहरी इन्चार्ज बानियाले बताए । यस पटक पीडित युवाका अभिभावकहरुले उजुरी तथा स्थानीय सन्चार माध्यमले पनि यस बारेमा समाचार लेख्न थालेपछि तामाङलाई अनुसन्धानकोलागि पक्राउ गरिएको उनले बताए ।

तर यस अघि तामाङले प्रहरीलाई प्रलोभनमा पारेर कारवाहीबाट जोगिदै आएको भन्ने आरोपलाई भने इन्चार्ज बानियाँले खन्डन गरेका छन् । पक्राउ परेका तामाङलाई थप अनुसन्धानकोलागि बुधबार नै इलाका प्रहरी कार्यालय आबुँखैरेनी पठाईएको बानियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास