भट्टराई कुलवंश प्रतिष्ठान नेपालको महाधिवेशन देवघाटमा हुने

Devghat Online

शेयर गरौ

देवघाट, चैत १४

भट्टराई कुलवंश प्रतिष्ठान नेपालको दशौँ केन्द्रीय महाधिवेशन चितवनको देवघाटधाममा हुने भएको छ । प्रतिष्ठानको नयाँ कार्यसमिति चयन गर्ने गरी यही चैत १६ र १७ गते देशभरका भट्टराई बन्धु प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुनेछन् ।

महाधिवेशनका लागि विभिन्न १३ वटा उपसमिति गठन भएका छन् । बागमती प्रदेश समितिका अध्यक्ष नारायण प्रसाद भट्टराईको संयोजकत्वमा महाधिवेशन मुल ब्याबस्थापन समिति निर्माण भएको छ । जसमा गण्डकी प्रदेश अध्यक्षसहित ६ प्रदेशका अध्यक्षहरु सहसंयोजक रहेका छन् ।

बागमति प्रदेश अन्तरर्गतका १३ जिल्लाका अध्यक्षहरु व्यवस्थापन समितिका सदस्य रहने गरि कार्य क्षेत्र विभाजन गरिएको केन्द्रिय उपाध्यक्ष एवं अनुगमन समितिका संयोजक टिकाराम भट्टराईले जानकारी दिए । सुचना तथा प्रचार प्रसार उपसमितिमा अजित भट्टराईको नेतृत्वमा ४ सदस्य रहेका छन् ।

नामावली संकलन एवं रजिष्ट्रेशन उपसमितिमा सुरज भट्टराई, आर्थिक उपसमितिमा खेमराज भट्टराई संयोजकको नेतृत्व लिएका छन् । राजेश कुमार भट्टराई मञ्च व्यवस्थापन, कलावति भट्टराई स्वागत तथा अतिथि सत्कार, भोजन एवं नास्ता व्यवस्थापन उपसमिति उमापतिमा दिपक भट्टराई संयोजक चयन भएका छन् ।

त्यसैगरि चन्द्रकान्त भट्टराई आवास व्यवस्थापन, गोविन्द प्रसाद भट्टराई जनसम्पर्क तथा यातायात, शिवदत्त भट्टराई स्वास्थ्य हेरचाह, ऋषभदेव भट्टराई जोखिम व्यवस्थापन र गोपाल भट्टराई व्यवसाय प्रर्वद्धन उपसमितिको संयोजक छन् ।

महाधिवेशन स्थल हरिक्रतन बैद्विक धर्मशाला देवघाटमा तय गरिएको प्रतिष्ठानका केन्द्रीय सदस्य अयोध्या भट्टराईले जानकारी दिए । १६ गते उद्घाटन हुने महाधिवेशनमा १७ गते नयाँ नेतृत्व चयन गर्दै समापन हुने छ । चितवनमा भट्टराई कुलवंश प्रतिष्ठान नेपालको पहिलो महाधिवेशन हुन लागेको हो । यसअधि ९औ महाधिवेशन पोखरामा सम्पन्न भएको थियो ।

७ सयभन्दा बढि प्रतिनिधि सहभागी हुने महाधिवेशनमा २५ लाख खर्च लाग्ने अनुमान छ । प्रतिष्ठानको केन्द्रीय कार्यालय कोशी प्रदेशको झापामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।