देवघाट, चैत १४
भट्टराई कुलवंश प्रतिष्ठान नेपालको दशौँ केन्द्रीय महाधिवेशन चितवनको देवघाटधाममा हुने भएको छ । प्रतिष्ठानको नयाँ कार्यसमिति चयन गर्ने गरी यही चैत १६ र १७ गते देशभरका भट्टराई बन्धु प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुनेछन् ।



महाधिवेशनका लागि विभिन्न १३ वटा उपसमिति गठन भएका छन् । बागमती प्रदेश समितिका अध्यक्ष नारायण प्रसाद भट्टराईको संयोजकत्वमा महाधिवेशन मुल ब्याबस्थापन समिति निर्माण भएको छ । जसमा गण्डकी प्रदेश अध्यक्षसहित ६ प्रदेशका अध्यक्षहरु सहसंयोजक रहेका छन् ।
बागमति प्रदेश अन्तरर्गतका १३ जिल्लाका अध्यक्षहरु व्यवस्थापन समितिका सदस्य रहने गरि कार्य क्षेत्र विभाजन गरिएको केन्द्रिय उपाध्यक्ष एवं अनुगमन समितिका संयोजक टिकाराम भट्टराईले जानकारी दिए । सुचना तथा प्रचार प्रसार उपसमितिमा अजित भट्टराईको नेतृत्वमा ४ सदस्य रहेका छन् ।
नामावली संकलन एवं रजिष्ट्रेशन उपसमितिमा सुरज भट्टराई, आर्थिक उपसमितिमा खेमराज भट्टराई संयोजकको नेतृत्व लिएका छन् । राजेश कुमार भट्टराई मञ्च व्यवस्थापन, कलावति भट्टराई स्वागत तथा अतिथि सत्कार, भोजन एवं नास्ता व्यवस्थापन उपसमिति उमापतिमा दिपक भट्टराई संयोजक चयन भएका छन् ।
त्यसैगरि चन्द्रकान्त भट्टराई आवास व्यवस्थापन, गोविन्द प्रसाद भट्टराई जनसम्पर्क तथा यातायात, शिवदत्त भट्टराई स्वास्थ्य हेरचाह, ऋषभदेव भट्टराई जोखिम व्यवस्थापन र गोपाल भट्टराई व्यवसाय प्रर्वद्धन उपसमितिको संयोजक छन् ।
महाधिवेशन स्थल हरिक्रतन बैद्विक धर्मशाला देवघाटमा तय गरिएको प्रतिष्ठानका केन्द्रीय सदस्य अयोध्या भट्टराईले जानकारी दिए । १६ गते उद्घाटन हुने महाधिवेशनमा १७ गते नयाँ नेतृत्व चयन गर्दै समापन हुने छ । चितवनमा भट्टराई कुलवंश प्रतिष्ठान नेपालको पहिलो महाधिवेशन हुन लागेको हो । यसअधि ९औ महाधिवेशन पोखरामा सम्पन्न भएको थियो ।
७ सयभन्दा बढि प्रतिनिधि सहभागी हुने महाधिवेशनमा २५ लाख खर्च लाग्ने अनुमान छ । प्रतिष्ठानको केन्द्रीय कार्यालय कोशी प्रदेशको झापामा रहेको छ ।