बन्दिपुर अस्पतालमा चैत १६ र १७ गते निशुल्क स्वास्थ्य शिविर हुने

Devghat Online

शेयर गरौ

बन्दिपुर, चैत १४

बन्दिपुर गाउँपालिका, चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेज र बन्दिपुर अस्पतालको संयुक्त आयोजनामा यही चैत १६ र १७ गते बन्दिपुर अस्पतालमा विशेषज्ञ चिकित्सद्वारा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

उक्त दुबै दिनको शिविरमा मिर्गौला जाँच, थाईराइड परिक्षण, नाक, कान, घाँटी जाँच, आँखा जाँच, स्त्रि रोग जाँच, मुटु सम्बन्धि जाँच तथा मुटुको भिडियो एक्सरे, इसिजी सेवा, भिडियो एक्सरे सेवा, हाडजोर्नी रोग परिक्षण, क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम सन्चालन गरिने बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए ।

उल्लेखित परिक्षण पश्चात सम्बन्धित रोगहरुको निशुल्क औषधी समेत वितरण गरिने अध्यक्ष थापाले बताए । अध्यक्ष थापाले निशुल्क स्वास्थ्य परिक्षण शिविरमा आई स्वास्थ्य लाभ लिनु हुन गाउँपालिकाबासीलाई अनुरोध गरेका छन् ।

स्वास्थ्य शिविर चैत १६ गते विहान ११ बजेदेखी साँझ ५ बजेसम्म र चैत १७ गते विहान ९ बजेदेखी साँझ ४ बजेसम्म बन्दिपुर अस्पतालमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले