बन्दिपुर अस्पतालमा चैत १६ र १७ गते निशुल्क स्वास्थ्य शिविर हुने

Devghat Online

शेयर गरौ

बन्दिपुर, चैत १४

बन्दिपुर गाउँपालिका, चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेज र बन्दिपुर अस्पतालको संयुक्त आयोजनामा यही चैत १६ र १७ गते बन्दिपुर अस्पतालमा विशेषज्ञ चिकित्सद्वारा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

उक्त दुबै दिनको शिविरमा मिर्गौला जाँच, थाईराइड परिक्षण, नाक, कान, घाँटी जाँच, आँखा जाँच, स्त्रि रोग जाँच, मुटु सम्बन्धि जाँच तथा मुटुको भिडियो एक्सरे, इसिजी सेवा, भिडियो एक्सरे सेवा, हाडजोर्नी रोग परिक्षण, क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम सन्चालन गरिने बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए ।

उल्लेखित परिक्षण पश्चात सम्बन्धित रोगहरुको निशुल्क औषधी समेत वितरण गरिने अध्यक्ष थापाले बताए । अध्यक्ष थापाले निशुल्क स्वास्थ्य परिक्षण शिविरमा आई स्वास्थ्य लाभ लिनु हुन गाउँपालिकाबासीलाई अनुरोध गरेका छन् ।

स्वास्थ्य शिविर चैत १६ गते विहान ११ बजेदेखी साँझ ५ बजेसम्म र चैत १७ गते विहान ९ बजेदेखी साँझ ४ बजेसम्म बन्दिपुर अस्पतालमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले