दमौली, चैत १४
व्यास नपा–१ भादगाउँ स्थित छाब्दी बाराही बचत तथा ऋण सहकारी संस्थाको ठगी तथा किर्ते मुद्दाका मुख्य आरोपित उक्त सहकारीका तत्कालीन व्यवस्थापक सुरेन्द्र पन्थलाई तनहुँ जिल्ला अदालतले ३८ महिना कैद, ३२ हजार जरिवाना र सहकारीको अपचलन भएको २ करोड ७० लाख ५८ हजार ३५६ रुपैयाँ सहकारीलाई भराउने फैसला गरेको छ ।
तनहुँ जिल्ला अदालतका न्यायधीश आत्मदेव जोशीको इजलासले बुधबार सो मुद्धाका मुख्य आरोपी पन्थलाई उक्त सजाय निर्धारण गरेको हो । सोही इजलासले गत फागुन ३० गते अभियुक्तहरुलाई कसुर ठहर गरेको थियो । अदालतले पन्थलाई ठगी सम्बन्धि मुद्धामा १ बर्ष कैद र १० हजार जरिवाना, किर्ते मुद्धामा थप १० महिना कैद र ८ हजार जरिवाना तथा एकिकृत मुद्धामा थप १ वर्ष ५ महिना कैद, १४ हजार जरिवाना र सहकारीको घोटाला भएको २ करोड ७० लाख ५८ हजार ३५६ रुपैयाँ सहकारीलाई भराउने फैसला गरेको हो ।
जिल्ला अदालतले सोही मुद्धाका अन्य आरोपित सहकारीकी बजार प्रतिनिधि निर्मला तामाङ र क्यासियर आशा बस्नेतलाई जनही २५ सय रुपैयाँ जरिवाना र ३ महिना कैदको फैसला गरको छ भने अर्का आरापित त्रिवेणी सफ्टवयेर प्रा.लिका सन्चालक रुजिन नापितले भने सफाई पाएका छन् ।
उक्त सहकारीका तत्कालिन व्यवस्थापक सुरेन्द्र पन्थ, बजार प्रतिनिधि निर्मला तामाङ, क्यासियर आशा बस्नेत र त्रिवेणी सफ्टवयेर प्रा.लिका सन्चालक रुजिन नापितको मिलेमतोमा सहकारीको २ करोड ९८ लाख ९४ हजार ५७० रुपैयाँ ठगी गरि संस्थालाई हानी पु¥याएको भन्दै सहकारीका तत्कालिन अध्यक्ष लावण्यप्रसाद पण्डित सहितका सात जना सन्चालकहरुले २०७८ फागुन २५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।
प्रहरीले लामो अनुसन्धान पश्चात अनुसन्धान प्रतिबेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । प्रहरीको अनुसन्धानमा प्रतिबादीहरुले सहकारी ऐन २०७४ विपरित तथा आफ्नो पदिय कतव्र्य र जिम्मेबारी पालना नगरि आफु कार्यरत रहेको सहकारीलाई विश्वासघात गरि हानी नोक्सानी पु¥याई आफुले आर्थिक लाभ लिई संस्थाको २ करोड ७० लाख ५८ हजार ३५६ रुपैयाँ बेईमानीपुर्वक संस्थालाई धोका लिई हिनामिना गरेको उल्लेख गरिएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयले अभियुक्त चारै जना विरुद्ध २०७८ चैत २९ गते तनहुँ जिल्ला अदालतमा ठगी र किर्ते सम्बन्धी मुद्धा दर्ता गरेको थियो ।
लामो सुनुवाई पश्चात जिल्ला अदालतले गत फागुन ३० गते बुधबार कसुर ठहर गर्दै सजाय निर्धारणकोलागि पेश गरेकोमा बुधबार सजाय निर्धारण गरेको हो । आरोपित पन्थ तनहुँ जिल्ला कारागारमा पुर्पक्षकोलागि थुनामा छन् भने अन्य आरोपितहरु धरौटीमा रिहा भएका थिए ।