राष्ट्रपति पौडेल आज देवघाट आउने, ठिमुराको पुल उद्घाटन र जेष्ठ नागरिक आश्रम शिलान्यास गर्ने

Devghat Online

शेयर गरौ

देवघाट, चैत १७

राष्ट्रपति रामचन्द्र पौडेल आज देवघाट आउने भएका छन् । चितवनको भरतपुर -१ ठिमुरा र तनहुँको देवघाट-५ घिनाटार जोड्ने त्रिशूली नदीको मोटरेवल पुल उद्घाटनको लागि राष्ट्रपति पौडेल देवघाट आउन लागेका हुन् ।

देवघाट गाउँपालिका-५ मा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलको सो पुल उद्घाटन गर्ने छन् ।

यसैगरि राष्ट्रपति पौडेलले देवघाट-५ मा जेष्ठ नागरिक आश्रम पनि शिलान्यास गर्ने भएका छन् । राष्ट्रपति पौडेल सरिक हुने दुबै कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त