दमौली, चैत १६
म्याग्दे गाउँपालिका तनहुँको आयोजना तथा लोकवाणी पब्लिकेसन प्रा.लि. दमौली तनहुँको सहजिकरणमा म्याग्दे गाउँपालिकाद्वारा चालु आ.व. २०८०/०८१ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको प्राङ्गाणमा सम्पन्न भएको छ ।



उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको बताए । शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार, सरसफाइ व्यवस्थापन, शुसासन, पारदर्शिता, मितव्ययी, भ्रष्टाचारमा शून्य शहनसिलता लगायतका कामले म्याग्दे गाउँपालिकालाई गन्डकी प्रदेशमै उत्कृष्ट बनाउन सफल भएको अध्यक्ष श्रेष्ठले बताए ।

उपाध्यक्ष बालकृष्ण घिमिरेले जनताको कामलाई प्राथमिकतामा राखि काम गरिएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले संघीय, प्रदेश र स्थानीय तहले निर्माण गरेको विभिन्न कानुनको परिधिमा रही कार्य सम्पादन भईरहेको बताए ।
सो कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष दिपककुमार श्रेष्ठले पनि मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न शाखाका प्रमुखहरु तथा वडा सचिवहरुले शाखाबाट सम्पादित कामहरुको बारेमा जानकारी गराएका थिए ।

सो कार्यक्रममा उपस्थित सर्वसाधारणहरुले विभिन्न विषयमा जिज्ञासा र सुझाव राखेका थिए । उठेका जिज्ञासाको गाउँपालिकाका अध्यक्ष श्रेष्ठ , उपाध्यक्ष घिमिरे तथा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले प्रष्ट पारेका थिए ।

सो कार्यक्रमको सन्चालन लोकवाणी पव्लिकेशन प्रा.लि.का प्रकाशचन्द्र भट्टराईले गरेका थिए ।
















