बन्दीपुर गाउँपालिकाको दोस्रो चौमासिकको सार्वजनिक सुनवाई सम्पन्न

Devghat Online

शेयर गरौ

बन्दिपुर, चैत १७

बन्दीपुर गाउँपालिकाको आर्थिक वर्ष २०८०।०८१ को दोस्रो चौमासिकको सार्वजनिक सुनाई कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । बन्दीपुर गाउँपालिकाको आयोजना तथा मध्य नेपाल ब्रोडकास्टङ प्रा.लीको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षतामा भएको सार्वजनिक सुनाई कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् । यस्तै कार्यक्रममा बन्दीपुर गाउँपालिकाका छ वटै वडाका अध्यक्ष लगायत कार्यपालिका सदस्य लगायतका जनप्रतिनिधि विभिन्न राजनीतिक दलका प्रतिनिधि संघसंस्थाका प्रतिनिधि प्रहरी समाजसेवी शिक्षासेवी पत्रकार लगायतका बन्दीपुर गाउँपालिकाका सर्वसाधारणहरूको उपस्थिति रहेको थियो ।

सार्वजनिक सुनवाई कार्यक्रममा यस आर्थिक वर्षको दोस्रो चौमासिक सम्ममा भए गरेका प्रगति विवरण गाउँपालिकाबाट सञ्चालित विकासका कार्यक्रमहरु, उपलब्ध सेवा सुविधा तथा नागरिकले उठाएका प्रश्नहरूमा प्रष्टता ल्याउन र नागरिकबाट प्राप्त रचनात्मक सुविधाहरुलाई ग्रहण गर्दै जिम्मेवार संस्कार बसाई आम नागरिकको चासो सरकार तथा विकास निर्माणका योजना र समस्याको समाधान गरी सेवाग्राहीको रुपमा आएका सर्वसाधारण प्रति सेवाप्रदायक निकायबाट भए गरेका क्रियाकलाप लगायत पारदर्शिताको स्थानीय निकायमा सार्वजनिक सुनाई कार्यविधि बमोजिम आम सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको थियो ।

सार्वजनिक सुनवाई कार्यक्रममा गाउँपालिकाको तर्फबाट दोस्रो चौमासिक सम्मको कार्यप्रगति प्रमुख प्रशासकीय अधिकृत नरेशराज हमालले गरेका थिए । सार्वजनिक सुनुवाइमा विशेषगरी नागरिकहरूले डुम्री बजारमा पृथ्वी राजमार्ग विस्तार गरिँदा घरहरूको सीमा कसैको २१ कसैको २३ किन ? सबैको २३ मिटर कार्यान्वयन गर्नुपर्ने, पुराना योजनाहरूको अवस्था के कस्तो छ ? ढुङ्गाखानी दर्ता सञ्चालन बारेमा प्रश्न, अतिथि गृह निर्माण कहाँ पुग्यो ? ग्रेटवाल किन बनेन ? बजारमा कुर्ची टेबल राख्ने विषय, विद्युतीय तारभूमिगत विषय, गाउँपालिकाको आन्तरिक आम्दानीको विषय, विभिन्न स्थानमा सार्वजनिक धारा र शौचालय, गाउँपालिकाको योजनाहरू किन सबै सम्झौता भएन ? सिँचाई कुलो जीर्ण भयो यो बन्नुपर्छ, विभिन्न मठ मन्दिरहरूको हेरचाह, उज्यालो बत्ती कार्यक्रम, ढुङ्गा छपनि, सिद्धगुफाको नवप्रवर्तन कार्यक्रम को विषय लगायत सडक निर्माण विद्युत खानेपानी भवन निर्माण सेवा प्रवाह लगायतका समस्याको बारेमा जिज्ञासा राखेका थिए ।

नगरिकको उक्त जिज्ञासाका बारेमा प्रमुख प्रशासकीय अधिकृत नवीेशराज हमाल र गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जवाफ दिएका थिए । कार्यक्रम सञ्चालनमध्ये नेपाल ब्रोडकास्टङको तर्फबाट डिपी अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दा अनियमितता भएको ठहर

देवघाट, जेठ ३१ देवघाट गाउँपालिकामा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दा अनियमिता भएको महालेखा परिक्षण

राष्ट्रिय परिचयपत्र दर्तामा भिड गर्नु पर्दैन, ‘भाद्र मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नविकरण गर्न सकिने’

दमौली, जेठ ३० गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागले भदौ मसान्तसम्म सामाजिक सुरक्षा