देवघाटमा राष्ट्रपतीद्वारा जेष्ठ नागरिक आश्रम शिलान्यास

Devghat Online

शेयर गरौ

देवघाट, चैत १७

राष्ट्रपती रामचन्द्र पौडेलले शनिबार देवघाट गाउँपालिका–५ स्थित गलेश्वर आश्रम परिसरमा जेष्ठ नागरिक आश्रमको शिलान्यास गरे ।
सो अवसरमा बोल्दै राष्ट्रपती पौडेलले जेष्ठ नागरिक आश्रमले देवघाटधामको महत्व अझ बढाउने बताए । देवघाटको धार्मिक, ऐतिहाँसिक र पर्यटकीय विकासकोलागि आफुले सरकारलाई घच्घच्याउने राष्ट्रपती पौडेलले बताए ।

देवघाटधामको विकासकोलागि वेणी संगममा तिनमुखे पुल बन्नु पर्ने आफ्नो पुरानै धारणा रहेको भन्दै उनले उक्त पुल निर्माणकोलागि सरकारको ध्यानाकर्षण गराउने बताए । बजेट सुनिश्चित नरहेको जेष्ठ नागरिक आश्रम भवन बनाउनपनि आवश्यक बजेटको व्यवस्था गराउन सरकारसँग पहल गर्ने राष्ट्रपती पौडेलले बताए ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा आयोजित सो कार्यक्रममा गन्डकी प्रदेश सभाका सांसद हरिबहादुर चुमान, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, गलेश्वर आश्रम देवघाटका पिठाधिस १००८ स्वामी महामन्डलेश्वर आत्मानन्द गिरी, देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्य लगायतले मन्तव्य राखेका थिए ।

गलेश्वर आश्रमको स्वामित्वमा रहेको जग्गामा निर्माण गर्न डिपिआर तयार गरिएको उक्त जेष्ठ नागरिक आश्रम निर्माणकोलागि १५ करोड अनुमान गरिएको छ । उक्त आश्रम ३ तलाको १८ कोठे हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

तनहुँ । साउन ११ तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण