स्वर्ण जयन्ती मनाउँदै देवघाटको पार्वती मावि

Devghat Online

शेयर गरौ

देवघाट, चैत १८

देवघाट गाउँपालिका–१ स्थित पार्वती माविले स्थापनाको ५० औं वर्ष प्रवेशको अवसरमा स्वर्ण जयन्ती कार्यक्रम मनाउने भएको छ ।
विद्यालयले यही चैत २५ देखी २९ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरि स्थापनाको ५० औँ वर्ष प्रवेश तथा स्वर्ण जयन्ती कार्यक्रम मनाउने भएको हो ।

‘हाम्रो सान, हाम्रो गौरव, हाम्रो पार्वती’ भन्ने मुल नारा सहित मनाइने उक्त कार्यक्रमको तयारी भईरहेको विद्यालयका प्रअ राजु गिरीले बताए । स्वर्णजयन्ती कार्यक्रमको लोगो समेत सार्वजानिक भईसकेको प्रअ गिरीले बताए ।

स्वर्ण जयन्ती कार्यक्रममा विभिन्न खेलकुद तथा स्थानीय लोक संस्कृति झल्कने कार्यक्रम, विद्यार्थीको प्रतिभा प्रदर्शनी, शैक्षिक सामग्री प्रदर्शनी, नृत्य तथा गायन सहित राष्ट्रिय कलाकार समेतको प्रस्तुती रहनेछ । साथै जातिगत साँस्कृतिक झाँकी, बाजागाजा सहित बृहत् कलश यात्रा समेत गरिने कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।

स्वर्ण जयन्ती कार्यक्रमलाई भव्य र बिशेष बनाउन आवश्यक सबै तयारी गरिने प्रअ गिरीले बताए । उक्त कार्यक्रममा विद्यालयलाई विभिन्न समयमा सहयोग गर्ने दाता तथा शिक्षाविदलाई सम्मान समे गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक